महासंघको साधारणसभा तथा अधिबेशन : गण्डकी प्रदेश केन्द्रीय सदस्यमा जित्ने गिरीको दावी

पोखरा । नेपाल उद्योग बाणिज्य महासंघको ५४ औ बार्षिक साधारण सभा तथा अधिबेशन विहिवार देखि काठमाडौमा हुदै छ । महासंघको मंसिर ११, १२ र १३ मा हुने ५४ औ बार्षिक साधारण सभा तथा अधिबेशनका लागि १३ गते चुनावी कार्यक्रम रहेको छ ।

महासंघको बरिष्ठ उपाध्यक्ष पदमा लागी बर्तमान जिल्ला नगर उपाध्यक्ष किसोर प्रधान र एसोसेट सदस्य चन्द्र ढकाललका विच कडा प्रतिश्पर्धा हुदै छ भने गण्डकी प्रदेश केन्द्रिय सदस्य पदका लागि लेखनाथ उद्योग बाणिज्य संघका पुर्व अध्यक्ष बाबुराम गिरीको पनि उमेदवारी रहेकाले उनको स्थिती राम्रो देखिएको काठमाडौमा रहेका संघका पुर्व अध्यक्ष लक्ष्मीप्रसाद त्रिपाठीले जानकारी दिए ।

गत बर्षको अधिवेसनमा पनि लेखनाथ उद्योग बाणिज्य संघका पुर्व अध्यक्ष बाबुराम गिरी र वर्तमान गण्डकी प्रदेश केन्द्रिय सदस्य निर्माण श्रेष्ठ (वासु) का विच प्रतिस्पर्दा हुदाँ श्रेष्ठ केही मतको अन्तरले विजयी भएका थिए भने यस पटक  आफुले जित्ने गिरीले दावी गरेका छन् ।

footwear zone

महासंघको गण्डकी प्रदेश केन्द्रिय सदस्य पदका लागि १५ वटा जिल्ला नगर उद्योग बाणिज्य संघका अध्यक्षहरुले भोट गर्न पाउने ब्यवस्था भएकामा जसले आठ मत भन्दा बढि मत ल्याउने विजय हुने भएकाले बावुराम गिरीको पक्षमा बहुमत भोटरको समर्थन रहकाले जित नजिक पुगेको त्रिपाठीको दावी रहेको छ ।

You might also like

Comments are closed.