पोखरा । नागरिक परोपकार समन्वय सस्था कास्कीले शववाहन खरिदका लागी सञ्चालन गरेको अर्थ संकलन अभियान अन्र्तगत पाचौ श्रृङखला पोखरा–३१ बेगनासताल बसपार्कमा सम्पन्न भएको छ।
कार्यक्रमलाई सम्बोधन गर्दै गण्डकी प्रदेशका सांसद दिपक कोइरालाले शबबहान किन्नु संगै यस्को निरन्तरतामा ध्यान दिनुपर्ने बताए । उनले शबबहानमा लास राख्ने र घाटसम्म लैजाने प्रचलन लाई जनता सामु बुझाउदै पुरानो संस्कृतिलाइ व्यवस्थीत बनाउनु पर्ने धारणा ब्यक्त गरे ।
सांसद कोईरालाले भने ‘कटहर बोक्दा गाडी पल्टन्छ भन्ने संस्कृतिमा हुर्केका हामी सबैमा शबबहानको प्रयोग गर्ने कुरामा चेतनाको विकास गराउनुपर्छ । शबबहान किन्ने कुरा राम्रो छ, म अहिले नै रकम तोक्दिन तर प्रशासनिक र खरिद प्रकृयामा राज्यबाट पाउने सहयोग उपलब्ध गराउछु ।’

आईतबार आयोजित कार्यक्रम बाट १ लाख ३३ हजार ६ सय रुपैंया संकलन भएको छ । त्यसमध्ये वडा नं ३१ का अध्यक्ष कमल बहादुर थापाले ३१ हजार रुपैयाँ र समाजसेवी कृष्ण प्रसाद ढुंगानाले १५ हजार ५ सय ५५ रुपैयाँ, शुभम पुजा सामग्रीबाट १० हजार ५ सय ५५, विनोद प्रसाद लामिछानेले १० हजार १ सय, भोलामणि गौतमले १० हजार ५, विश्वमणी भण्डारीले १० हजार १ रुपैंया प्रदान गरेका थिए ।
कार्यक्रममा नेपाली काँग्रेसका महानगरसचिब धु्रवनाथ अधिकारी, वडा न ३१ का कार्यवाहक अध्यक्ष बिष्णु बहादुर भुजेल, संस्थाका उपाध्यक्ष चिरञ्जीवी तिवारी, अर्थ संकलन उप समितिका संयोजक उपेन्द्र राज सुवेदी, सल्लाहकार लक्ष्मी प्रसाद त्रिपाठी लगायत स्थानिय समाजसेवीहरुको उपस्थिति थियो।
संस्थाका अध्यक्ष राजेन्द्र ओझाको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन सस्थाका सचिब रामराज अधिकारीले गरेका थिए ।




Comments are closed.