एभरेस्ट एफएम शुभारम्भको अवसरमा आश्रमलाई १ लाख ८ हजार सहयोग

पोखरा । एभरेस्ट मिडिया हाउस प्रालिले पोखराको मानव सेवा आश्रमलाई १ लाख ८ हजार ८ सय ४८ रुपैयाँ सहयोग गरेको छ । एभरेस्ट मिडिया हाउस प्रालिले एभरेस्ट एफएम शुभारम्भको अवसरमा सो रकम आश्रमलाई सहयोग हस्तान्तरण गरेको हो । एभरेस्ट मिडिया हाउसकी अध्यक्ष कर्मकुमारी गुरुङले मानव सेवा आश्रमका होमनाथ तिमिल्सिनालाई सो रकम हस्तान्तरण गरिन् ।

विश्वव्यापी महामारीका रुपमा फैलिएको नोभल कोरोना भाईरस (कोभिड–१९) का कारण देशभरका मिडियाहरु प्रभावित हुँदा धेरैले रोजगारी गुमाउनुका साथै कतिपय सञ्चार माध्यम बन्द हुने स्थिति बनिरहेका बेला एभरेस्ट एफएमले भने ठूलो रकम आश्रमलाई दिएर उदाहरणीय बनेको छ । कोरोनाका कारण आश्रममा बस्नेहरु बिचल्लीमा नपरुन भन्ने उद्धेश्यले आश्रमलाई सहयोग गरिएको अध्यक्ष गुरुङले बताईन् ।

मिडिया हाउसका प्रबन्ध निर्देशक दीपेन्द्र श्रेष्ठले रेडियो आवाज विहिनहरुको आवाज बन्नुका साथै सामाजिक रुपान्तरणमा नेतृत्वदायी भूमिका खेल्दै समाजसेवालाईपनि निरन्तरता दिने बताए ।

footwear zone

गण्डकी प्रदेशको राजधानी पोखराबाट प्रशारण हुने एभरेस्ट एफएम ९३ मेगाहर्ज बुधबारदेखि शुभारम्भ भएको हो ।

You might also like

Comments are closed.