मुक्तिनाथमा कर्जा लिन अनलाइनबाट आवेदन दिन सकिने

काठमाडौं । मुक्तिनाथ विकास बैंकमा कर्जा लिन चाहने ग्राहकले अब घरमै बसेर आवेदन दिन सक्ने भएका छन् ।

बैंकलाई थप प्रविधिमैत्री बनाउने क्रममा मुक्तिनाथले घरमै बसेर बैंकको वेबसाइटबाट सिधै कर्जाका लागि आवेदन दिन सक्ने सुविधा उपलब्ध गराएको हो ।

यो सुविधाले मुक्तिनाथ विकास बैंकमा कर्जा लिन चाहने ग्राहकहरु लाभान्वित हुने बैंकले विश्वास लिएको छ । यो लिंकमा क्लिक गरेर सेवाग्राहीले कर्जाका लागि आवेदन दिन सक्नेछन् ।

footwear zone

बैंकले देशभर ४२ जिल्लामा १ सय ३८ वटा शाखा कार्यालय मार्फत आधुनिक बैंकिङ सेवा प्रदान गरिरहेको प्रमुख सूचना अधिकारी तिलबहादुर गुरुङले जानकारी दिए ।

You might also like

Comments are closed.