सडक सञ्जालमा जोडियो किसेदी गाँउ

 

दमौली । तनहुँको शुक्लागण्डकी नगरपालिका–१२ किसेदी गाउँका सर्वसाधारणलाई सडक भएको ठाउँमा आइपुग्न हिँड्नुबाहेक अर्को विकल्प थिएन ।

गाउँसम्म पुग्नका लागि पैदलमार्गबाहेक बाटो नभएका कारण करिब ४५ मिनेटको समय हिँड्नुपर्ने बाध्यता थियो । अब भने यहाँका सर्वसाधारणलाई सहज भएको छ । उक्त गाउँ पहिलोपटक सडक सञ्जालमा जोडिएको छ ।

footwear zone

वडा कार्यालयले गाउँसम्म पुग्नका लागि सडक खनेर सकेको छ । वडा कार्यालयको रु चार लाख र स्थानीयवासीको रु ५० हजार गरी रु चार लाख ५० हजारको लागतमा सडक खन्ने काम सम्पन्न भएको वडाध्यक्ष मनराज गुरुङले जानकारी दिए । वडाध्यक्ष गुरुङका अनुसार तिहार अगाडिबाट काम शुरु भएको थियो । उक्त सडकको दूरी एक हजार ५०० मिटर छ । किसेदी गाउँका स्थानीयवासी सडक सञ्जाल जोडिएपछि खुशी भएका छन् ।

You might also like

Comments are closed.