पोखरा । लायन्स क्लब्स इन्टरनेशनल ३२५ बि १ नेपालको दोस्रो क्याबिनेट मिटिङ मंसिर १३ गते शनिबार हुदैंछ । मिटिङको होस्ट क्लबमा लायन्स क्लब अफ पोखरा पिस चौतारी रहेको छ ।
। शुक्रबार पोखरामा लायन्स लिडरहरको बैठक बसी मिटिङको तयारी पुरा गरिएको होस्ट क्लबका पुर्व अध्यक्ष तथा को चिफ एडभाइजर बिनोद ढुङ्गानाले जानकारी दिए । कोरोना महामारीका कारण प्रविधिको प्रयोग गरी जुम मार्फत मिटिङ गरिने होस्ट क्लबका अध्यक्ष प्रेमप्रसाद दाहालले जानकारी दिए ।
अहिले सम्म करिव १८ सय ५० भन्दा धेरै लायन्स सदस्यले प्रि रजिष्ट्रेसन गरिसकेको र कार्यक्रमका लागि डिजिटल प्रविधिको सम्पुर्ण तयारी पुरा भएको कार्यक्रम संयोजक डा. बिष्णुप्रसाद चापागाईंले जानकारी दिए ।

लायन्स इन्टरनेशनलका थर्ड भाइस प्रेसिडेन्ट डा. पेट्टी हिलको प्रमुख आतिथ्यता, पाष्ट इन्टरनेशनल डाइरेक्टर सञ्जय खेतानको बिशेष आतिथ्यता तथा नेपाली लायन्स लिडरहरुको उपस्थितीमा कार्यक्रम गरिने क्याबिनेट सेक्रेटरी सुर्यकुमार के.सीले जानकारी दिए ।




Comments are closed.