पर्यटन परिषदमा भट्टराई, पर्यटन प्रवद्र्धन गर्ने प्रतिबद्धता

पोखरा । पर्यटन व्यवसायीहरुको छाता संस्था पोखरा पर्यटन परिषदको अध्यक्षमा युवा व्यवसायी गोपी भट्टराई निर्वाचित भएका छन् ।

शुक्रबार पोखरामा सम्पन्न ११औँ अधिवेशनबाट अध्यक्षमा भट्टराई सर्वसम्मत निर्वाचित भएका हुन् । अध्यक्षमा निर्वाचित भएपछि भट्टराईले कोभिड महामारी पछिको पर्यटन व्यवसायलाई पुनःउत्थान गर्न आफू सक्रिय हुने प्रतिक्रिया दिए ।

‘यो विषम परिस्थितिमा राज्य र निजी क्षेत्र एक भएर पर्यटन प्रवद्र्धनमा लाग्नुपर्ने अवस्था छ,’ उनले भने, ‘सबैको साथ, सहयोग र सहकार्यबाट हामीहरु पर्यटन प्रवद्र्धनमा सक्रिय हुनेछौं ।’

footwear zone

परिषद्को उपाध्यक्षमा पोमनारायण श्रेष्ठ, महासचिवमा रामचन्द्र शर्मा, सचिवमा तारानाथ पहारी र कोषाध्यक्षमा कृष्ण काफ्ले निर्वाचित भएका छन् । सदस्यमा लक्ष्मण सुवेदी र शोभाकान्त पौडेल चयन भए भने बाँकी २ जना सदस्य कार्यसमितिको बैठकले चयन गर्ने नवनिर्वाचित अध्यक्ष भट्टराईले जानकारी दिए ।

You might also like

Comments are closed.