‘स्वास्थ्य सुरक्षा सामग्री तथा न्यानो कपडा वितरण

पोखरा । पोखरा महानगरपालिका ३३,साविक भरत पोखरी गा.बि.स.को वडा नं ५,६,७,८ र ९ का ६५ बर्ष नाघेका २ सय २६ ज्येष्ठ नागरिकदरुलाइ सुरक्षा सामाग्री वितरण गरीएको छ । विश्वव्यापीरुपमा फैलिएको कोरोना भाइरसको संक्रमण र जाडो मौसम बाट वृद्ध तथा ज्येष्ठ नागरिकको सुरक्षाका लागि न्यानो टोपी, पन्जा, मोजा, गलबन्दी, हात धुने झोल साबुन, चार्जर लाइट साथै पौष्टिक खानेकुरा पनि वितरण गरिएको छ ।

यूनएफपीएको आर्थिक सहयोगमा नेपाल युवा संस्था सन्जाल(आयोन)ले आयोजना गरेको सुरक्षा सामाग्री बितरण कार्यक्रमका प्रमुख अथिति गण्डकी प्रदेश सांसद मिना गुरुङले “आँफू पनि अव केहि बर्ष पछि ज्येष्ठ नागरिक बन्ने हुनाले अब बचेको आफ्नो कार्यकालको रकम ज्येष्ठ नागरिकको हक र हितको लागी खर्चने बताइन् । विश्वव्यापीरुपमा फैलिएको नोबेल कोरोना भाइरसको संक्रमण र जाडो मौसम बाट वृद्ध तथा ज्येष्ठ नागरिक हरुलाई सुरक्षा राख्नु राज्यको दायीत्व हो, भन्दै नेपाल युवा संस्था सन्जाल(आयोन)ले गरेको यस्तो राम्रो कामको प्रसंसा पनि गरिन् ।

कार्यक्रममा वडाध्यक्ष शिव प्रसाद आचार्यले ज्येष्ठ नागरिकहरुको सुरक्षाका लागि बाँडिएका सुरक्षा सामाग्री राम्रोसँग प्रायोग गर्न,ज्येष्ठ नागरिकहरुले आँफुले पनि जाने सम्मका सुरक्षाका उपायहरु अपनाउन अनुरोध गरे ।

footwear zone

आयोनले बिगत १४ बर्ष देखि नेपाल युवाहरुको क्षेत्रमा काम गर्ने संस्था भए पनि यो बर्ष देखि ज्येष्ठ नागरिकहरुको लागी पनि काम गर्न थालेको छ र यो नै आयोनको ज्येष्ठ नागरिकको हकमा पहिलो कार्यक्रम भएको बताईएको छ र आगामी दिनमा पनि सहयोग गर्ने प्रतिवद्धता संस्थाले जनाएो छ । बरपाण्डेथुम जेष्ठ नागरिक चौतारीको सहकार्य भएको उक्त कार्यक्रममा चौतारीका उपाध्यक्ष केशवराज लम्साल, ज्येष्ठ नागरिक महासँघ गण्डकी प्रदेश प्रमुख कुशुम केशब पराजुली लगायतले बोलेका थिए ।

बरपाण्डेथुम जेष्ठ नागरिक चौतारीका संस्थापक अध्यक्ष भुपतिश्वर लम्सालको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रम संस्थाका सचिव मोती भुजेलले संचालन गरेका थिए ।सुरक्षा सामाग्री पाउँदा ज्येष्ठ नागरिकहरुको अनुहारमा खुसी छाएको थियो ।

You might also like

Comments are closed.