एन आई सी एशिया बैंकका सञ्चालक संघई नेउवा महासंघको एशोसिएटतर्फको उपाध्यक्ष

काठमाडौं । एन आई सी एशिया बैंकका सञ्चालक रामचन्द्र संघई नेपाल उद्योग वाणिज्य महासंघको एशोसिएटतर्फको उपाध्यक्षमा निर्वाचित भएका छन् ।

निर्वाचित संघईलाई बैंकको तर्फबाट बधाई ज्ञापन गर्नुका साथै सफल कार्यकालको लागि शुभकामना व्यक्त गरेको छ ।

विगत ३० वर्ष देखि विभिन्न उद्योग व्यवसायमा अनवरत रुपमा एक सफल उद्योगी व्यवसायीको रुपमा राष्ट्रको सर्वाङ्गीण आर्थिक तथा सामाजिक विकासमा उल्लेखनीय टेवा पुर्याउदै आएका उनि त्रिवेणी ग्रुपको निर्देशक हुन् ।

footwear zone

उद्योगी व्यवसायीको रुपमा मुलुकको अर्थतन्त्रमा उल्लेख्य योगदान पुर्याए वापत गत वर्ष नेपाल सरकारले उनलाई ‘महत्वपूर्ण व्यावसायिक व्यक्ति’ (Commercially Important Person-CIP) सम्मानबाट विभूषित गरेको थियो ।

You might also like

Comments are closed.