काठमाडौं । मुक्तिनाथ विकास बैंक लि.ले काठमाडौं महानगरपालिका वडा नं. ३, लाजिम्पाट, काठमाडौंस्थित आफ्नै जग्गामा केन्द्रीय कार्यालय भवन निर्माणको गर्ने भएको छ । सोमबार भूमी पूजा गरी भवनको शिलान्यास गरिएको छ ।

बैंक सञ्चालक समितिका अध्यक्ष भरतराज ढकालले भूमी पूजा तथा शिलान्यास गरेका हुन् । विकास बैंकले छिट्टै भवन निर्माण सम्पन्न गरी आपm्नै भवनमा केन्द्रीय कार्यालय स्थानान्तरण बैंकले जनाएको छ । ‘भवन निर्माणपछि सेवालाई थप स्तरीयता र सवल बनाउन सहज हुनेछ भने बैंकको केन्द्रीय कार्यालयले स्थायित्व पाउने छ,’ बैंकद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

शिलान्यास कार्यक्रममा बैंकका संचालक समितिका सदस्यहरु, सेयरधनी, कर्मचारी तथा ग्राहकहरुको उपस्थिति रहेको प्रमुख सूचना अधिकारी तिल बहादुर गुरुङले जानकारी दिए ।

विकास बैंकले कोरोनाको संक्रमणबाट सुरक्षित भई डिजिटल बैंकिङ कारोबार र प्रणालीलाई प्रोत्साहन गर्न भिसा नेटवर्क अन्तर्गतको जुन सुकै बैंकको एटिएमबाट बिना कुनै शुल्क रकम झिक्न सकिने व्यवस्था गरेको छ ।
मोबाइल बैंकिङ, क्यूआर कोड स्क्यान, अनलाइन कर्जा आवेदन, अनलाइन खाता खोल्ने, इन्टरनेट बैंकिङ, खाता मै रेमिट्यान्स जम्मा आदि जस्ता कार्यहरु बैंकको शाखामा उपस्थित नभई घरबाट गर्न सकिने व्यवस्था गरिएको छ । हाल विकास बैंकको १ सय ३८ ओटा शाखा छन् ।





Comments are closed.