५५ करोड लागतमा यस्तो बन्दैछ मुक्तिनाथको आफ्नै भवन

 

काठमाडौं । राष्ट्रियस्तरको मुक्तिनाथ विकास बैंकले राजधानी काठमाडौंस्थित लाजिम्पाटमा सुविधा सम्पन्न भवन निर्माण गर्ने भएको छ । ५५ करोड रुपैयाँ लागतमा अत्याधुनिक सुविधा सम्पन्न भवन बनाउन लागिएको बैंकका अध्यक्ष भरतराज ढकालले आर्थिक आवाजलाई जानकारी दिए । निर्माण हुने भवनको डिजाइन बैंकले सार्वजनिक गरेको छ ।

सोमबार एक कार्यक्रमबीच भूमि पूजा गरी निर्माण हुने भवनको शिलान्यास भएको छ । शिलान्यास कार्यक्रममा बोल्दै अध्यक्ष ढकालले आफ्नै जग्गामा केन्द्रीय कार्यालयको भवन निर्माण गर्न पाउँदा खुसी लागेको बताए । ‘छिट्टै ठेकेदार छनोट गरी भवन निर्माण कार्य अगाडि बढाउँछौं,’ अध्यक्ष ढकालले भने, ‘डेढदेखि २ वर्षभित्रमा भवन निर्माण कार्य पुरा हुन्छ ।’

footwear zone

भवन निर्माणपछि सेवालाई थप स्तरीय र सवल बनाउन सहज हुने तथा केन्द्रीय कार्यालयले स्थायित्व पाउने ढकालले बताए । बैंकले देशभर १ सय ३८ शाखामार्फत बैंकिङ सेवा प्रदान गर्दै आइरहेको छ ।

कोभिड–१९ को महामारीलाई मध्यनजर गरी बैंकले सेवालाई प्रविधिमैत्री बनाउँदै लगेको छ । मोबाइल बैंकिङ, क्यूआर कोड स्क्यान, अनलाइन कर्जा आवेदन, अनलाइन खाता खोल्ने, इन्टरनेट बैंकिङ, खाता मै रेमिट्यान्स जम्मा जस्ता कार्यहरु बैंकको शाखामा उपस्थित नभई घरबाट गर्न सकिने व्यवस्था गरिएको प्रमुख सूचना अधिकारी तिलबहादुर गुरुङले जानकारी दिए ।

You might also like

Comments are closed.