पोखरामा भित्रियो सुजुकीको तेस्रो संस्करणको स्विफ्ट

पोखरा, ४ असार ।
पोखरामा मारुती सुजुकी व्राण्डको तेस्रो संस्करणको स्विफ्ट विक्री सुरु गरिएको छ । सुजुकीको गण्डकी धौलागिरीको आधिकारिक विक्रेता बतास व्रदर्श प्रालिले गाडी आईतवारवाट बजारमा ल्याएको हो ।

नयाँ गाडीको एक कार्यक्रमका विच बतास व्रदर्श प्रालिका निर्देशकद्धय विपेन्द्रराज बतास र प्रमेश पराजुलीले संयुक्त रुपमा सुभारम्भ गरे । पहिलो दिनमा नै गाडी खरिद गर्ने सागर लामिछाने र कमल सुनुवारलाई गाडीको चावी हस्तान्तरण गरिएको थियो भने ५ वटा वुकिङ्ग भएका छन् ।

footwear zone

नयाँ स्विफ्ट सिंगल एपर्चर फ्रन्ट ग्रिल, एलईडि प्रोजेक्टर हेडल्याम्प, कटटुटोन अलोय व्ह्ील तथा अर्वन स्याटिन क्रोमयुक्त इन्टेरियर सहित उत्कृष्ट डिजाईनको रहेको बतास व्रर्दशका सेल्स अफिसर विक्की गुरुङले जानकारी दिए ।

गाडीको मुल्य २८ लाख ९९ हजार रुपैयाँ हो । यसले प्रति लिटर २२ किमी माईलेज दिने कम्पनीको दावी छ । ‘गाडीको अटो गियर सिफ्ट प्रविधिले उच्चस्तरिय पर्फमेन्स दिने र यात्रु, वालवच्चा तथा पैदल यात्रीको सुरक्षामा केन्द्रीत रहेको छ ।’ विक्री प्रवन्धक नवराज अधिकारीले भने,‘ डुवल एयरव्याग, ईविडि, एविएस, आईसोफिक्स र टोटल इफेक्टििभ कन्ट्रोल टेक्नोलोजीले गाडीलाई आरामदायी वनाएको छ ।’

२८ प्रतिशत लगेज स्पेशको सुविधा रहेको गाडीमा ४० मिमि चौडा र २० मिमि लामो ह्वील वेस रहेको छ ।

कार्यक्रममा बतास व्रदर्शका चिफ अपरेटिङ अफिसर राजेश रानाभाट र मानव संसाधन विभागका हेड विश्वमणी भण्डारीले पनि गाडीका विशेषताका वारेमा प्रस्ट पारे ।

You might also like

Comments are closed.