एभरेष्ट बैंकले बनायो आधुनिक वातावरणमैत्री शवदाह गृह, मन्त्री भट्टराईले गरे अनावरण

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले पशुपतिमा स्थापना गरिएको वातावरण मैत्री शवदाह गृहको अनावरण गरेका छन् । पशुपति विकास कोषको दाता परिचालन अन्तर्रगत रहेर एभरेष्ट बैंक लिमिटेडले दाउराबाट शव जलाउने (आधुनिक वातावरणमैत्री शवदाह गृह) मेशीनको स्थापना गरेको हो ।

कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री भट्टराईले विश्वका हिन्दुहरुको आस्थाको केन्द्र पशुपति क्षेत्रलाई अन्य धर्म, संस्कृति र सम्प्रदायका मानिसहरुको पनि पर्यटकीय गन्तव्यकारुपमा विकास गर्ने काम भइरहेको बताए । त्यसका लागि पशुपतिको गुरुयोजना निर्माणको काम अन्तिम चरणमा पुगेको उल्लेख गर्दै मन्त्री भट्टराईले भने–‘यहाँको धार्मिक, सांस्कृति, पुरातात्विक महत्वका पक्षलाई मध्यनजर गर्दै स्थानीयका सरोकाहरुको समेत सम्बोधन हुने गरि गुरुयोजनालाई अपिन्त रुप दिने काम भइरहेको छ, अब पशुपतिमा जे जति विकास निर्माणका काम हुन्छन्, ती सबै त्यहि गुरुयोजना अधिनस्थ भएर हुनेछन् ।’

कोभिड –१९ का कारण वन्द रहेका धार्मिक÷सांस्कृतिक गतिविधीहरु अव स्वास्थ्य सम्बन्धी मापदण्डलाई कडाइका साथ पालना गर्दै खुला गर्दै जाने निर्णय मन्त्रिपरिषद बैठकले गरिसकेकाले आगामी पुस १ बाट पशुपति पनि खुला रहने उनले बताए । पशुपतिका धार्मिक÷ सांस्कृतिक गतिविजधी खुला गर्दा स्थानीय निकाय र सरोकारवाल अन्य पक्षसँग समन्वय गरेर स्वास्थ्य मापदण्ड कडाईका साथ पालना गर्न÷गराउन पनि मन्त्री भट्टराईले कोषका पदाधिकारीलाई निर्देशन दिए ।

footwear zone

पशुपतिमा स्थापना गरिएको आधुनिक मेशिनको प्रयोगबाट शव जलाउँदा दाउरावाटै शव चलाउने हाम्रो हिन्दु संस्कार पनि जीवित रहने, वातावरणमैत्री, काठको खपत पनि विगतमा जस्तै दाउराबाट जलाउँदा भन्दा धेरै कमी आउने र एउटा शव चलाउने कार्य बढीमा डेढ घण्टामा सम्पन्न हुने जानकारी आफूले पाएको उल्लेख गर्दै उनले संस्कार भनेको मानव जातीले विकास गरेका प्रविधीहरुसँगै परिस्कृत हुदै जाने बताए । उनले भने–‘यो आधुनिक शवदाह गृहले हिन्दुहरुले गर्ने मृत्यु संस्कारमा कुनै कमी आउन दिदैन ।’
कार्यक्रमलाई एभरेष्ट बैकका कार्यकारी प्रमुख जिके नेगी र कोषका सदस्य सचिव डा प्रदीप ढकालले पनि सम्बोधन गरेका थिए ।

You might also like

Comments are closed.