पोखरामा मिस्टर एन्ड मिस योङ्स्टर नेपाल २०१८ हुँदै

पोखरा, ४ असार ।

ईभेन्ट कम्पनी रोयल अर्किनी प्रा लि को आयोजनामा पोखरामा पहिलो संस्करणको मिस्टर एन्ड मिस योङ्स्टर नेपाल २०१८ हुने भएको छ । सडक वालवालिकालाई आर्थिक सहयोग गर्ने उद्देश्यले कार्यक्रम गर्न लागिएको कार्यक्रम संयोजक तथा कोरियोग्राफर स्वेता रानाभाटले जानकारी दिईन् ।

footwear zone

युवा नृत्य निर्देशक निरज राईभाट तथा मिस एसएलसी २०१५ कि रनर अप स्वेताको मुख्य कोरियोग्राफी रहने प्रतियोगितामा एसईई वा सो सरह उतिर्ण १६ देखि २५ वर्ष सम्मका युवा युवतीहरुले भाग लिन सक्नेछन् । पोखरामा हुने फेसन ईभेण्टहरु भन्दा यो ईभेण्ट निकै फरक रहेको दावी गरेको आयोजकले बिजेतालाई सिल्भर क्राउन, नगद पुरस्कार साथै मोडलिङ र म्युजिक भिडियो खेल्ने अवसर प्रदान गर्ने बताएको छ ।

You might also like

Comments are closed.