काठमाडौैैं । स्थानीय तहमा लगातार ५ वर्षसम्म प्रमुख प्रशासकीय अधिकृत भएर ‘रेकर्ड ब्रेक’ गरेकी दुर्गा थापा रसुवाको सहायक प्रमुख जिल्ला अधिकारीमा सरुवा भएकी छन् । त्रिभुवन विमानस्थलको अध्यागमन कार्यालयमा सेवारत थापा रसुवाको सहायक प्रमुख जिल्ला अधिकारीमा सरुवा भएकी हुन् ।
थापाले पुस १ गतेबाट रसुवाको कार्य शुभारम्भ गर्नेछिन् । अध्यागमन आउनु अगाडि उनी आँबुखैरेनी नगरपालिका (पछि गाउँपालिकाकोसमेत) प्रमुख प्रशासकीय अधिकृत भएर काम गरेकी थिइन् । नगरपालिकामा लगातार ५ वर्षसम्म प्रमुख प्रशासकीय अधिकृत भएर काम गर्ने नेपालको एकमात्रै कर्मचारी बन्न थापा सफल भएकी थिइन् । त्यो समयमा देशभरका स्थानीय तहमा जम्मा ३ जना मात्रै महिला प्रमुख प्रशासकीय अधिकृत थिए ।
२०४७ जेठ १ गतेबाट खरिदारबाट महालखा नियन्त्रक कार्यालयमा पोष्टिङ भएर सेवा प्रवेश गरेकी थापाले अर्थमन्त्रालय अन्तर्गतका विभिन्न कार्यालयहरुमा सेवा अनुभव संगालेकी छन् ।

कर्माचारी युनियनको निर्वाचित उपाध्यक्ष हुँदै अहिले उनी केन्द्रीय सल्लाहकारसमेत छन् । लायन्स लगायतका सामाजिक संघसंस्थामा पनि उनको सक्रियता छ । काठमाडौं मीलनचोकमा जन्मिएकी उनका्े स्थायी घर नुवाकोट हो ।




Comments are closed.