काठमाडौं । अनलाइन सपिङको क्षेत्रमा राष्ट्रिय नेटवर्क बनाउने गरी ‘बिज बजार डटकम’ र ‘बिजबजार डटकमडटएपी’ इकमर्श साइट सञ्चालनमा आउने भएकोे छ । बेल्जियम, अष्ट्रेलिया, अमेरिका लगायतका देशभरमा प्राप्त अवसरहरु छोडेर नेपाल आएका युवाहरु र नेपालमै पर्यटन लगायतका व्यावसायिक क्षेत्रमा लामो अनुभव संगालेका व्यवसायीहरुको संयुक्त लगानीमा इमर्श साइट सञ्चालनमा आउन लागेको हो ।
आरकेडी समूह अन्तर्गतको टुरिजम इन्भेष्टमेन्ट फण्डले प्रवद्र्धन गरेको कम्पनी बिज बजार लिमिटेडले इकमर्श साइट सञ्चालनमा ल्याउन लागेको हो । अष्ट्रेलियामा प्राप्त राम्रो अवसर छोडेर कम्पनी सिइओ बन्न गणेशराज गौतम नेपाल आइसकेका छन् ।
५१ करोड रुपैयाँ लगानीमा इकमर्श साइट सञ्चालनमा ल्याउन लागिएको अध्यक्ष रामचन्द्र शर्माले जानकारी दिए । इकमर्श साइट www.bizbazar.com र www.bizbazar.com.np दुवैको ‘इन हाउस डेभलपमेन्ट’ भइरहेको शर्माले जानकारी दिए । माघ १५ गतेबाट यो साइट परीक्षणमा आउने बताइएको छ । पहिलो चरणमा कम्पनीमा १ सय ७७ जनाले प्रत्यक्ष रोजगारी पाउनेछन् । ३४ जना इन्जिनियर आबद्ध हुनेछन् ।

नेपालको ट्रेडिङ व्यवसायको क्षेत्रमा काम गर्ने गरी साइट सञ्चालनमा आउन लागेको हो । ‘दुरदराजबाट कृषिका सामग्री बजारीकरण गर्ने काम पनि गर्नेछौं,’ शर्माले भने, ‘आइटी, इलेक्ट्रिोनिक, हार्डवयर, खाद्यान्न, ग्रोसरी लगायतका दैनिक जीवनमा आवश्यक सम्पूर्ण सामग्री होम डेलिभरी सुविधा प्रदान गर्नेछौं ।’
इटिकेटिङ, होटल बुकिङ, सफ्टवयरहरुको डेभलप तथा प्रवद्र्धन लगायतको काम पनि कम्पनीले गर्नेछ । बिटुबीटुसी मोडलमा अनलाइन भर्चुअल ट्रान्जेक्सनमा गएर नेपाललाई डिजिटल ट्रेडिङ हव बनाउने कम्पनीको भिजन छ । फरक धारको व्यवस्थापन सहित सिस्टम लन्च हुने जनाइएको छ ।




Comments are closed.