एन आई सी एशिया बैंकको २३ औं वार्षिक साधारण सभा सम्पन्न

काठमाडौं । एन आई सी एशिया बैंक लिमिटेडको २३ औं वार्षिक साधारण सभा आबइतबार काठमाडौंको थापाथलीस्थित बैंकको रजिष्टर्ड कार्यालयमा सम्पन्न भएको छ । सो सभाले गत आर्थिक वर्ष २०७६/७७ को मुनाफा तथा सञ्चित मुनाफाबाट १९ प्रतिशत बोनश शेयर (रू. १ अर्ब ८४ करोड ६३ लाख) र कर प्रयोजनार्थ १ प्रतिशत नगद लाभांश (रू. ९ करोड ७२ लाख) समेत वितरण गर्ने प्रस्ताव स्वीकृत गरेको छ ।

बैंकले १९ प्रतिशत बोनश शेयर पारित गरेपश्चात् बैंकको चुक्ता पूँजी रू. ११ अर्ब ५६ करोड ४० लाख ५ हजार ३ सय ६६ पुगेको छ ।

बैंकको वार्षिक साधारण सभाले आर्थिक वर्ष २०७६/७७ को सञ्चालक समितिको प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन सहित २०७७ आषाढ मसान्तसम्मको वासलात, नाफा–नोक्सान हिसाब तथा नगद प्रवाह विवरण लगायतका वार्षिक विवरणहरू उपर छलफल गरी स्वीकृत गर्नुका साथै बैंकको प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्ने प्रस्ताव पारित गरेको छ ।

footwear zone

विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) महामारी रोकथाम तथा नियन्त्रणका लागि नेपाल सरकारबाट जारी गरिएका स्वास्थ्य सम्बन्धी निर्देशन एवं मापदण्डहरूको परिपालना गर्दै वार्षिक साधारण सभामा अनलाइन (भर्चुअल) प्रविधिमार्फत सहभागी हुने व्यवस्था गरिएको थियो ।

You might also like

Comments are closed.