काठमाडौं । लायन्स क्लब अफ काठमाडौं सुप्रणले सत्प्रयास आश्रम टेकु काठमाडौंलाई सहयोग गरेको छ । जाडो मौषमलाई मध्यनजर गरी क्लबले आइतबार एक कार्यक्रमबीच आश्रमलाई न्यानो कपडा सहयोग गरेको हो । सोही अवसरमा क्लबले आश्रमलाई खाद्यान्न पनि सहयोग गरेको छ ।
लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ बि १ नेपालका डिष्ट्रिक्ट गभर्नर मनबहादुर रोकाको मुख्य थिम ‘नर्चर द फयुचर’लाई मध्यनजर गरी कार्यक्रम गरिएको अध्यक्ष निर्मला महर्जन (निकी)ले जानकारी दिइन् ।
त्यसैगरी ४ वटा क्लबको संयुक्त आयोजनामा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न भएको छ । कोरोना भाइरसको कारण अस्पताल जान डराइरहेका सर्वसाधरणलाई मध्यनजर गरी स्वास्थ्य परीक्षण गरिएको महर्जनले जानकारी दिइन् ।


लायन्स क्लब अफ काठमाडौं सुप्रण, लायन्स क्लब अफ काठमाडौं ओम बुद्ध, लायन्स क्लब अफ काठमाडौं ओम र लायन्स क्लब अफ काठमाडौं भरोशाको संयुक्त आयोजनामा शनिबार स्वास्थ्य शिविर भएको हो । आशिर्वाद हेल्थ केयर सेन्टर पुरानो गुहेश्वरीमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको हो ।





Comments are closed.