पोउवा संघको अध्यक्षमा कोइरालाले उम्मेदवारी दिने

पोखरा । पोखरा उद्योग वाणिज्य संघको आसन्न निर्वाचनमा संघका बर्तमान वरिष्ठ उपाध्यक्ष नारायण कोइरालाले अध्यक्षमा उम्मेदवारी दिने भएका छन् । संघको ३३औं महाधिवेशन आउँदो पुस २४ र २५ गते हुने निर्णय सार्वजनिक भइसकेको छ । अध्यक्षमा उम्मेदवारी दिनका लागि आफूले सम्पूर्ण तयारी गरिसकेको आर्थिक आवाजसँग कुरा गर्दै कोइरालाले बताए ।

सकेसम्म सर्वसम्मत नेतृत्व चयनका लागि पहल भइरहेको बताउँदै कोइरालाले सहमति नभए छिट्टै प्यानल सार्वजनिक गर्ने जानकारी दिए । ‘सर्वसम्मत नेतृत्व चयन गर्नुपर्छ भन्ने पक्षमा म छु,’ उनले भने, ‘सहमतिमा सर्वसम्मत नेतृत्व चयन हुन नसके राम्रो टिम बनाएर अगाडि बढ्नेछु ।’

संघको नेतृत्व लिन र उद्योगी व्यवसायीहरुको हकहितको क्षेत्रका काम गर्न आफू आतुर रहेको उनले बताए । ‘बर्तमान कार्यसमितिमा वरिष्ठ उपाध्यक्ष भएर काम गरिरहेको छु,’ उनले भने, ‘अध्यक्ष हुने पालो पनि मेरो नै हो ।’ कोइरालाले यस अगाडि संघको महासचिव लगायत विभिन्न पदमा रहेर काम गरिसकेका छन् । पोखरामा फुटपाथ हटाउन संघले अग्रणी भूमिका खेलेको समयमा उनी महासचिवको जिम्मेवारीमा थिए ।

footwear zone

असोजमै हुनुपर्ने संघको महाधिवेशन कोभिड–१९ को जोखिमका कारण पछाडि सरेको हो ।

You might also like

Comments are closed.