बजार पूँजीकरण २७ खर्ब     

काठमाडौं ।  धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक लगातार उकालो लाग्दा बजार पूँजीकरण झण्डै रु २७ खर्ब बराबरको भएको छ । शेयर बजारमा बजार पूँजीकरणको ठूलो महत्व रहन्छ ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार आजको कारोबार पछि कूल बजार पूँजीकरण रु २६ खर्ब ८६ अर्ब ६१ करोड ८० लाख बराबर पुगेको छ । नेपाल दूरसञ्चार कम्पनी र नेपाल पुनर्बीमा कम्पनी बजार पूँजीकरणका आधारमा अगाडि रहेका छन् । दूरसञ्चार कम्पनीको रु एक खर्ब ८२ अर्ब ५० करोड बराबरको बजार पूँजीकरण पुगेको छ ।

यस्तै नेपाल पुनर्बीमा कम्पनीको रु एक खर्ब ६३ अर्ब बराबरको बजार पूँजीकरण पुगेको छ । कारोबार मापक नेप्से आज ७२.२८ विन्दुले उकालो लागेर पुनः दुई हजार विन्दुमाथि पुगेको छ । आजको वृद्धि पछि नेप्से २००४.३९ मा पुगेको छ । यस्तै ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक १२.१० विन्दुले उकालो लागेर ३८२.७७ मा पुगेको छ । कूल २०६ कम्पनीको एक करोड १९ लाख २० हजार ८१९ कित्ता शेयर रु ६ अर्ब ६६ करोड ७९ लाख ५६ हजार ८३१ मूल्यमा खरिद बिक्री भए ।

footwear zone

स्टकका अनुसार आज कारोबार भएका १२ वटै उपसमूहको शेयर उकालो लागेको छ । बैंकिङ ३१.९१, व्यापार १३०.९, होटल ६०.०६, विकास बैंक ४३.२५, जलविद्युत् ९८.४७, वित्त २०.८५, निर्जीवन बीमा ४०५.५४, उत्पादन २२४.७७, अन्य ८०.५, लघुवित्त १२७.५५, जीवन बीमा ६९८.८१ र सामूहिक लगानी कोष ०.०८ ले उकालो लागेको छ । कारोबारका आधारमा आज पनि अर्ब माथिको कारोबार गर्ने कम्पनीमा नेपाल पुनर्बीमा कम्पनी रहेको छ । सो कम्पनीको रु एक अर्ब पाँच करोड ५७ लाख ५९ हजार ९०९ को कारोबार भयो ।

यस्तै नेपाल लाइफ इन्सुरेन्स कम्पनी रु ४७ करोड ५९ लाख ७२ हजार ६६६, नेपाल दूरसञ्चार कम्पनी रु ३३ करोड ७४ लाख ३३ हजार ७१८, प्रभु बैंक रु २५ करोड ३३ लाख ३९ हजार ८४५, शिवम् सिमेन्ट रु २४ करोड ३६ लाख २३ हजार ८३०, माथिल्लो तामाकोशी रु १९ करोड ७३ लाख ८३ हजार ६९९, नबिल बैंक रु १८ करोड सात लाख ९३ हजार ५८९, नेको इन्सुरेन्स रु १६ करोड ३५ लाख ८० हजार ६७० र नेपाल बैंक लिमिटेड रु १४ करोड ७६ लाख ६४ हजार ५४४ बराबरको कारोबार भई शीर्ष स्थानमा रहे ।

कारोबारका आधारमा रसुवागढी हाइड्रोपावर कम्पनी १०, नारायणी डेभलपमेन्ट बैंक १०, विशाल बजार कम्पनी ९.९५, ग्लोबल आइएमई लघुवित्त ९.८७, माथिल्लो तामाकोशीका लगानीकर्ताले ९.८१ प्रतिशतले कमाए । त्यस्तै एनआइसी एशिया ऋणपत्र दुई, एभरेष्ट बैंक १.८५, एक्सेल डेभलपमेन्ट बैंक १.४१, मल्टीप्रपोज फाइनान्स १.२३ र गुह्यश्वरी मर्चेन्ट बैंकका लगानीकर्ताले १.०३ प्रतिशतले गुमाए ।

You might also like

Comments are closed.