पोउवा संघको कार्यसमितिमा भरत केसीको उम्मेदवारी सार्वजनिक

पोखरा । निजी क्षेत्रको छाता संस्था पोखरा उद्योग वाणिज्य संघको कार्यसमिति सदस्य पदमा युवा व्यवसायी भरत केसीले उम्मेदवारी दिने भएका छन् । उनले मंगलबार आफ्नो उम्मेदवारी सार्वजनिक गरेका हुन् ।

उद्योग, व्यवसायीहरुको हकहितको पक्षमा आफूले काम गर्ने बताउँदै केसीले उपभोक्ताहरुले झेल्न परेका ट्राफिक जाम लगायतका समस्या समाधान गर्न आफूले संघमा पुगेर पहल गर्ने उनले प्रतिबद्धता व्यक्त गरेका छन् ।

सम्पूर्ण उद्योगी, व्यवसायीहरुको साथ र सहयोग पाउनेमा आफू ढुक्क रहेको केसीले बताए । ‘संघलाई उद्योगी व्यवसायीमैत्री बनाउने अभियानमा लाग्नका लागि कार्यसमितिमा रहेर योगदान गर्ने मेरो चाहना पुरा गर्न सबैको साथको अपेक्षा गरेको छु,’ उनले भनेका छन् । बिजी इलेक्ट्रोनिक्सका सञ्चालक केसी विभिन्न व्यापार व्यवसायमा आबद्ध छन् ।

footwear zone

संघको ३३औं महाधिवेशन आगामी पुस २४ र २५ गते पोखरामा हुँदैछ ।

You might also like

Comments are closed.