ने.उ.वा. महासंघ लुम्बिनी प्रदेशको अध्यक्षमा श्रेष्ठले उम्मेदवारी दिने

बुटवल । निजी क्षेत्रको छाता संस्था नेपाल उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेशको अध्यक्षमा युवा व्यवसायी सुरेन्द्रप्रसाद श्रेष्ठले उम्मेदवारी दिने भएका छन् । निर्वाचन मिति घोषणा नभए पनि पुसको दोस्रो सातासम्म महासंघ लुम्बिनी प्रदेशको निर्वाचन गर्ने तयारी छ ।

महासंघको लुम्बिनी प्रदेश अन्तर्गत ३४ वटा जिल्ला तथा नगर संघ छन् । त्यसमध्ये ३२ जनाले भोटको अधिकार प्राप्त गर्नेछन् । बस्तुगत र एसोसिएट सदस्यहरुले पनि मतदान गर्नेछन् ।

श्रेष्ठ बुटवल उद्योग वाणिज्य संघको पूर्व अध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासंघको निबर्तमान केन्द्रीय सदस्य हुन् । संघको कार्यसमितिबाट निर्णय गराएर श्रेष्ठले गत वर्ष तुलसीपुरमा भएको प्रदेश उवा महासंघको भेलामै उम्मेदवारी सार्वजनिक गरिसकेका थिए ।

footwear zone

आफूलाई मतदान गरी महासंघको प्रदेश अध्यक्षमा विजयी गराउन उनले सम्पूर्ण मतदाताहरुसँग आग्रह गरेका छन् ।

You might also like

Comments are closed.