पत्रकार पौडेललाई युआरएल पत्रकारिता पुरस्कार

पोखरा । गण्डकी प्रदेशकै पहिलो रेफरेन्स ल्याब युनाइटेड रेफरेन्स ल्याबोरेटरी प्रालि (युआरएल)को सातौंँ वार्षिकोत्सवका अवसरमा पत्रकार प्रदीप पौडेल युआरएल पत्रकारिता पुरस्कार –२०७७ बाट सम्मानित भएका छन् । गण्डकी मेडिकल कलेज९जिएमसी०का प्रिन्सिपल प्रा डा रवीन्द्रप्रसाद श्रेष्ठले पौडेललाई २० हजार रुपैयाँ, ताम्रपत्र र दोसल्लासहित सम्मान गरे ।

सो अवसरमा प्रिन्सिपल श्रेष्ठले महामारी, महासङ्कट एवं विपत्तिका अवस्थामा नागरिकलाई सुसूचित गराउन पत्रकारको भूमिका अझ बढी हुने बताए । नेपाल पत्रकार महासङ्घ कास्कीका अध्यक्ष दीपेन्द्र श्रेष्ठले विभिन्न सङ्घसंस्थाले प्रदान गर्ने पुरस्कारले क्रियाशील पत्रकारमा ऊर्जा भरिने र अझ जिम्मेवार हुन प्रोत्साहन गर्ने विचार राखे ।

प्रतिभा छनोट समिति संयोजक रवीन्द्र बाँस्तोलाले स्वास्थ्यबारे सर्वसाधारणलाई सचेत बनाउन पत्रकारिता जगतको अहम् भूमिका रहेको उल्लेख गरे । रेडियो बाराहीका प्रबन्ध निर्देशक रमेश पाँडेलले नागरिक पत्रकारिता मौलाउँदै गरेको यस युगमा मिडियाको दायित्व र भूमिका अझ गहन भएको धारणा राखे । पुरस्कृत पत्रकार पौडेलले पुरस्कारले आफूमा ऊर्जा थपेको र समाज परिवर्तनमा आफू सधैँ निष्पक्ष भएर लागिपर्ने बताए ।

footwear zone

युआरएलका प्रबन्ध निर्देशक ठाकुरप्रसाद पन्तले युआरएलले सात वर्षका अवधिमा करीब एक सय स्वास्थ्य शिविर गरी सर्वसाधारणलाई सचेतनासहित निःशुल्क सेवासमेत प्रदान गरेको जानकारी दिँदै सामाजिक उत्तरदायित्व वहन गर्दै गुणस्तरीय सेवा सर्वसाधारणसम्म पु¥याइने प्रतिबद्धता व्यक्त गरे । युआरएलले स्थापना र सञ्चालन गर्ने सो पुरस्कार हरेक वर्ष गण्डकी प्रदेशमा स्वास्थ्य क्षेत्रमा क्रियाशील एक पत्रकारलाई प्रदान गर्ने गरिएको छ । यसअघि यो पुरस्कारबाट ऋषि खतिवडा, यदुनाथ बञ्जारा र सुरेन्द्र पौडेल सम्मानित भइसकेका छन् । पुरस्कृत पौडेल रेडियो बाराही र इमेज टेलिभिजनमा आबद्ध छन् ।

You might also like

Comments are closed.