मनकामना केबलकार र मन्दिर मंसिर २८ गतेबाट पुनः सुचारु हुने

 

काठमाडौं । कोरोना महामारीका कारण कन्द रहेको मनकामना केबलकार आगामी आइतबारबाट पुन सुचारु हुने भएको छ । मनकामना मन्दिर पनि २८ गतेबाट नै खुल्नेछ ।

स्वास्थ्य सुरक्षाका मापदण्ड पुरा गरि स्टान्डर्ड अपरेटिङ प्रोस्युडर पालना गरि केबलकार संचालन गरिने संचालन राजेशबाबु श्रेष्ठले जानकारी दिए । केबलकार सेवा क्षमताको ५० प्रतिशत तथा प्रति घण्टा ३३० जना यात्रुलाई सेवा प्रवाह गरिने र त्यसपछि सेवा बन्द गरिने श्रेष्ठले बताए । ज्वरो आएका तथा रुघाखोकी लागेका यात्रुलाई प्रवेश नदिने जनाइएको छ ।

footwear zone

पशुपंक्षी ढुवानी सेवा भने अस्थायी रुपमा बन्द गरिएको छ । यात्रुले टिकट पनि डिजिटल माध्यमबाट नै खरिद गर्नसक्ने व्यवस्था छ । बिहान ९ बजेदेखि बेलुका ५ बजेसम्म सेवा संचालन हुनेछ ।

You might also like

Comments are closed.