पोखरा । नागरिक परोपकार समन्वय सस्था कास्कीले शववाहन खरिदका लागी सञ्चालन गरेको अर्थ संकलन अभियान अन्र्तगतको आठौं श्रृङखलासम्ममा करिव २२ लाख संकलन भएको छ ।
सस्थाले आर्थीक संकलन अभियान अन्तरगत बुधवार पोखरा–२६ कोे अघौंचोकमा राखेको कार्यक्रममा करिव दुई लाख संकलन भई अहिलेसम्म करिव २२ लाख संकलन भएको आर्थीक संयोजक उपेन्द्रराज सुबेदी (राजु)ले जानकारी दिए ।
कार्यक्रममा बोल्दै रुपा गाउँपालिकाका अध्यक्ष नवराज ओझाले जन्म पछि मृत्यु मानिसको एउटा अनिवार्य सर्त हो र त्यसको ब्यवस्थापन गर्नु हाम्रो परम्परा हो त्यसैले पहिलाका जस्तो काधमा नै बोकेर अन्तिम कार्य गर्नु अप्ठ्यारो अवस्था भएकाले नागरिक परोपकार समन्वय सस्थाले अगाडी सारेको योजनामा सवैको साथ र सहयोग आवस्यक रहेको विचार राखेका थिए ।

सोही अवसरमा जिसीले यो अभियान पोखरा महानगरपालिका र रुपा गाँउपालिका दुवैको भएकाले आफनो तर्फबाट पहिलो चरणमा १ लाख ५० हजार पाँच सय ५५ रुपैयाँ सहयोग गर्ने घोषणा गर्दै राम्रो कामको थालनी भएकाले यो अभियान सकेपछि आवस्यकता अनुसार अन्य विपत ब्यवस्थापनका काम गर्दै जान सस्थालाई सुझाव दिएका थिए ।
कार्यक्रममा वडा नं २७ का वडाअध्यक्ष पुर्णकुमार गुरुङले सामाजिक संघ सस्थामा देखिएको राजनितीकरणले विकास निर्माणको क्षेत्रमा ठुलो असर पारेकाले आगामी दिनमा राजनिती भन्दा माथी उठेर अगाडी वढ्न सवैलाई अनुरोध गरेका थिए ।
कार्यक्रममा नेकपा वडा नं २७ अध्यक्ष सुर्यमणि लामिछाने,लेखनाथ क्लवका अध्यक्ष बालगोपाल श्रेष्ठ,लेखनाथ अर्घौ बजार ब्यवस्थापन समितिका कार्यवहाक अध्यक्ष टिकाराम सापकोटा लगाएतले विपतमा परेकालाई नाम अनुसारको पुण्य काम गरेर देखाउनु पर्ने सुझाव दिएका थिए ।
संस्थाका अध्यक्ष राजेन्द्र ओझाको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन सस्थाका सचिब रामराज अधिकारिले र धन्यवाद ज्ञापन उपाध्यक्ष चिरञ्जीवि तिवारीले गरेका थिए ।




Comments are closed.