इन्लाइटन इन्टरनेशनल एजुकेसन १२औं वर्षमा प्रवेश

काठमाडौं । इन्लाइटन इन्टरनेशनल एजुकेसन प्रा.लि स्थापनाको १२औं वर्ष प्रवेश गरेको छ । ९ डिसेम्बर २००९ मा स्थापना भएको इन्लाइटनले बुधबार ११औं वार्षिकोत्सव मनाएको हो ।

काठमाडौंको बागबजारमा प्रधान कार्यालय रहेको इन्लाइटनको रिजनल कार्यालयहरु बुटवल, चितवन र पोखरामा छन् । उच्च शिक्षा अध्ययनका लागि विदेश जाने विद्यार्थीलाई बिगत ११ वर्षदेखि परामर्श सेवा प्रदान गर्दै आइरहेको इन्लाइटन नेपालको प्रशिद्ध शैक्षिक परामर्शदातृ संस्था मध्येमा पर्छ ।

इक्यानका महासचिव समेत रहेका दीपकराज भुषाल इन्लाइटनका कार्यकारी अध्यक्ष हुन् । वार्षिकोत्सवको अवसरमा संस्थाले विद्यार्थी, अभिभावक, कर्मचारी, बिजनेस एसोसिएट तथा सम्पूर्ण शुभचिन्तकमा आभार तथा कृतज्ञता व्यक्त गरेको छ ।

footwear zone

अष्ट्रेलिया, जापान, क्यानडा, युके, न्युजिल्याण्ड, युएसए र इण्डिया जाने विद्यार्थीलाई संस्थाले परामर्श सेवा प्रदान गर्दै आइरहेको छ । इन्लाइटनले आयल्स, टोफल, स्याट, पिटिई, जिआरई, जिम्याटको कक्षा सञ्चालन गर्दै आइरहेको कार्यकारी निर्देशक सीता भट्टराईले जानकारी दिइन् । जापनीज, चाइनिज, कोरियन भाषा कक्षासमेत संस्थाले सञ्चालन गर्दै आइरहेको छ ।

 

You might also like

Comments are closed.