सञ्चय कोषका ऋणीले एन आई सी एशियाको जुनसुकै शाखाबाट किस्ता भुक्तानी गर्नसक्ने

 

काठमाडौं ।‘बैंक पनि साथी पनि, राम्रो पनि हाम्रो पनि’ भन्ने मूल नाराका साथ लाखौं ग्राहक महानुभावहरुमाझ गतिशील बैंकिङ्गको अभ्यास गर्दै आएको यस एन आई सी एशिया बैंकको जुनसुकै शाखामार्फत कर्मचारी सञ्चय कोषका ऋणीहरूले साँवा ब्याजसहितको किस्ता रकम भुक्तानी गर्न सक्ने भएका छन् ।

यस सुविधामार्फत कोषबाट लिइएका विशेष सापटी, घर सापटी, शैक्षिक सापटी, सरलचक्र र घरमर्मत सापटी कर्जाहरूको भुक्तानी यस बैंकका शाखाबाट सहज रुपमा गर्न सकिनेछ । कोषका ऋणीहरूले आफुलाई पायक पर्ने यस बैंकको शाखा पुगी ‘कर्मचारी सञ्चय कोष कर्जा चुक्ता भौचर’ मा आफुले भुक्तानी गर्न लागेको कर्जाको प्रकारमा चिन्ह लगाई यस बैंकमा रहेको खातामार्फत ऋण भुक्तानी गर्न आवेदन दिए अनुसार बैंकका कर्मचारीले कर्मचारी सञ्चय कोषलाई भुक्तानी गर्ने व्यवस्था रहेको छ ।

footwear zone

बैंकले यस अघि नै नेपाल क्लियरिङ्ग हाउस लि. सँगको सहकार्यमा कर्मचारी सञ्चय कोषबाट कर्जा सुविधा लिईरहेका ऋणीहरूलाई सुविधाको निमित्त उनिहरुले उपभोग गरेको कर्जा बमोजिमको किस्ता रकम Connect IPS को एप तथा वेबसाइटबाट भुक्तानी गर्न मिल्ने सुविधा ल्याइसकेको छ ।

You might also like

Comments are closed.