लेखनाथ सामुदायिक सेवा केन्द्रको १४ औं साधारण सभा तथा सातौं अधिवेशन

पोखरा । जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरीक्षक जिवन कुमार श्रेष्ठले शान्ति सुरक्षा विना देशको विकास सम्भव नभएको वताएका छन् । लेखनाथ सामुदायिक सेवा केन्द्रको १४ औं साधारण सभा एवं सातौं अधिवेशनको शुक्रबार उद्घाटन गर्दै उनले यस्तो वताएका हुन ।

सरकार अहिले विकास र सम्मृद्धिको अभियानमा लागिरहेको वताउँदै यसको लागि शान्ति सुरक्षा मजबुत हुनुपर्ने र यसमा प्रत्येक नागरिकले आ–आफ्नो ठाउँबाट सहयोग गर्नुपर्ने वताउदै एस पी श्रेष्ठले भने –‘देशका सबै नागरिक बर्दिविनाका प्रहरी हुन, मात्र हामी कानुन कार्यन्वयन गराउँने निकायको रुपमा भुमिका निर्वाह गरिरहेका छौं, यसमा प्रत्येक नागरिकको साथ र सहयोग जरुरी छ ।’

समाजमा घट्ने विभिन्न अपराधजन्य घटनाको न्यूनिकरण एवं निर्मलीकरणको लागी समुदायसँग सहकार्य गर्ने अवधारणा बमोजिम देशैभरी सामुदायीक सेवा केन्द्रको स्थापना भएको वताउँदै एस पी श्रेष्ठले विकृती र विसंगती रहित समाज निर्माणको लागि सामुदायिक सेवा केन्द्रको भुमिका आगामी दिनमा अझै वढेर जाने विश्वास व्यक्त गरे ।

footwear zone

यस्तै सामुदायीक सेवा केन्द्र जिल्ला समन्वय समिति कास्कीका अध्यक्ष सोमनाथ बाँस्तोलाले सामुदायीक सेवा केन्द्रहरुको सामुहिक प्रयासले विकृति र विसंगतीको अन्त्य हुने विश्वास व्यक्त गरे भने पोखरा महानगरपालिका वडा नं. २९ का अध्यक्ष चेत बहादुर गुरुङले विकास निर्माणका लागी नागरिकसँगको साझेदारी कार्यक्रम फलदायी भएको वताएका थिए ।

कार्यक्रममा लेखनाथ सामुदायीक सेवा केन्द्रका संस्थापक अध्यक्ष मोति गिरी, नेकपाको तर्फबाट टिकाराम पँगेनी, नेपाली काँग्रेसका नेता राजेन्द्रमणी लामिछाने, नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य बाबुराम गिरी, लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष बलराम ढकाल, केन्द्रका कानुनी सल्लाहकार राममणी अधिकारी, पुर्वअध्यक्ष शैलेन्द्रमोहन भटृराई लगायतले सामुदायीक सेवा केन्द्रको स्थापनाले समुदायमा शान्ति सुरक्षा र अमन चयनको प्रत्याभुती गराएको वताएका थिए ।

लेखनाथ सामुदायीक सेवा केन्द्रका अध्यक्ष रमेश ओझाको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष एल पी ढुंगानाले स्वागत र सचिव त्रिलोचन लामिछानेले कार्यक्रम सञ्चालन गरेका थिए ।

सोहि अवसरमा संस्थालाई विभिन्न क्षेत्रबाट योगदान पुर्याए वापत पुर्व अध्यक्षहरु शेर बहादुर गुरुङ र शैलेन्द्रमोहन भटृराई, सल्लाहकार सदस्य राजेन्द्र ओझा, संस्थागत रुपमा नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य बाबुराम गिरी, कार्यसमितिको तर्फबाट सचिव त्रिलोचन लामिछाने र सदस्य कृष्ण प्रसाद अधिकारी, कानुनी सल्लाहकार राममणी अधिकारी, र ईलाका प्रहरी कार्यालय डाँडाकोनाकका प्रमुख अर्जुन रानाभाटलाई सम्मान गरिएको थियो ।

कोरोना महामारीका कारण सामाजीक दुरी र भौतिक उपस्थीतीलाई मध्यनजर गर्दै मंसिर १४ गतेदेखी सुरु भएको साधारणसभा तथा अधिवेशनले शनिबार हुने निर्वाचन कार्यक्रमबाट नयाँ नेतृत्व चयन गर्ने छ ।

You might also like

Comments are closed.