किसानकै घरमा थन्कियो टिमुर

सल्यान ।जिल्लामा उत्पादित टिमुरले बजार नपाएपछि व्यावसायिक खेती गरिरहेका कृषक निराश हुन थालेका छन् । टिमुरले मूल्य नपाएपछि विगतका वर्षमा कात्तिक–मङ्सिरमै टिमुर बिक्री गरिसक्ने जिल्लामा यस वर्ष उत्पादित टिमुर किसानका घरमै थन्किएको छ ।

टिमुर खरिदका लागि व्यापारी अहिलेसम्म घरघरमै आउने गरेको भए पनि अहिलेसम्म व्यापारी नआएको किसानको भनाइ छ । आफूहरुले उत्पादन गरेको टिमुरले बजार नपाएपछि टिपेर घरमै राखेको छत्रेश्वरी गाउँपालिका– ५ महानेटाका कृषक मोहन केसीले बताए। “पोहर साल यतिबेला हामीले ७०० रुपैयाँ प्रतिकिलोसम्ममा टिमुर बिक्री गरेका थियौँ, अहिले टिपेर घरमै राखेका छौं बिक्री भएको छैन”, उनले भने । गएको वर्षमा आफूले रु तीन लाख बढीको टिमुर बिक्री गरेको उनले बताए ।

गत वर्षमा टिमुरले राम्रो मूल्य पाएको भए पनि यो वर्षमा ३०० रुपैयाँ प्रतिकिलो बिक्री हुन गाह्रो भएको टिमुर उत्पादक किसान लोकबहादुर डाँगीले बताए । “मैले गहुँ, मकै रोप्ने बारीमा टिमुरखेती गरेको छु, टिमुरका ५०० बोटले उत्पादन दिइरहेका छन्, टिमुर बिक्रीबाटै गुजारा चलाउँदै आएको थिएँ, यस वर्ष टिमुर बिक्री नहुँदा समस्या भएको छ”, डाँगीले भने । विगतका वर्षमा सल्यान जिल्लाको टिमुर फ्रान्समा समेत निर्यात भएको भए पनि यो वर्ष बिक्री नभएको बनगाड कुपिण्डे नगरपालिका–९ का कृषक चक्रबहादुर डाँगीले बताए ।

footwear zone

जिल्लाको लेखपोखरा, दमाचौरमा उत्पादित टिमुर बिक्री भएको छैन भने निगालचुँला, कुपिण्डे दहलगायतका क्षेत्रमा उत्पादित टिमुरले पनि राम्रो बजार मुख्य पाउन सकेको छैन । टिमुर खरिदका लागि व्यापारी नआएपछि टिमुर घरमा नै थन्किएको किसानको गुनासो छ ।

अहिले जिल्लाका किसानले उत्पादन गरेको टिमुर बिक्री भएको छैन । टिमुरखेती गरेर नै जीवन निर्वाह गर्दै आएका किसान टिमुर बिक्री नहुँदा ठूलो मारमा परेका छन् । जिल्लामा उत्पादित टिमुरलाई अग्र्यानिक टिमुरका रुपमा लिइन्छ । परम्परागतरूपमा अन्नबाली लगाउँदै आएका किसान जडीबुटीबाट मनग्य आम्दानी हुने भएपछि टिमुरखेतीमा लागेका थिए । टिमुरबाट निस्केको तेललाई सुगन्धित तेलका रुपमा, साबुन, मसला, ज्वारो आएका बेला, हैजा, पेट तथा जङ्गली जुका खसाल्न तथा जैविक विषादी बनाउनका लागि प्रयोग हुने गरेको राष्ट्रिय वनस्पति अनुसन्धान केन्द्रले कपुरकोटले जनाएको छ । गत आर्थिक वर्षमात्रै सल्यानबाट करिब ३९ करोड रुपैयाँ बराबरको टिमुर निर्यात भएको थियो ।

You might also like

Comments are closed.