पोखरा । हल्ट प्राइज एट पिएनसीको फाइनल कार्यक्रम सम्पन्न भएको छ । हल्ट प्राइज एट पिएनसीका क्याम्पस डिरेक्टर शाश्वत कोइरालाको अध्यक्षतामा कार्यक्रम भएको हो । कार्यक्रममा क्याम्पसका क्याम्पस प्रमुख डा. सरोज कोइराला प्रमुख अतिथी थिए ।
कार्यक्रमा सहायक क्याम्पस प्रमुखहरु डा. वीरबहादुर कार्की, मिनराज लम्साल, हल्ट प्राइज नेपाल कम्युनिटीका ग्राफिक्स डिजाइनर रिवाज भुर्तेल, हल्ट प्राइज एट आइओई पश्चिमाञ्चल क्याम्पसका क्याम्पस डिरेक्टर अनुप ज्वाला पौडेल अतिथीको रुपमा थिए ।
बाराही हस्पिटालिटीका डिरेक्टर बैभव पौडेल, पोषिलो फुड्सका म्यानेजिङ डिरेक्टर पृथ्वी कल्याण पराजुली, एएमसिओ फुड्समा म्यानेजर अनिल गौतम कार्यक्रमको निर्णयक थिए ।
कार्यक्रममा स्वागत क्याम्पसका डेपुटी क्याम्पस डिरेक्टर कृती जिसीले गरेकी थिइन् । हल्ट प्राइज एट आइओई पश्चिमाञ्चल क्याम्पसका क्याम्पस डिरेक्टर अनुप ज्वाला पौडेलले टाइम फ्रेम र स्कोर कार्डका वारेमा जानकारी दिएका थिए ।
प्रतिश्पर्धामा रहेका ५ टिम मध्य समयाना विजेता बनेको छ। त्यस्तै फष्ट रनर अप टिम फिडर र सेकेण्ड रनर अप टिम आर्च बनेको छ। विजेता टिमहरू सबैलाई प्रमाण्पत्र र फुड पार्टनर पोषिलो फुड्सको तर्फबाट उपहार प्रदान गरिएको थियो। सहभागी टिमहरुलाई पनि प्रमाण्पत्र प्रदान गरिएको थियो।

कार्यक्रममा ३ उत्कृष्ट कमिटी सदस्यहरुलाई सम्मान गरिएको थियो। कानुन संकायका एलिजा बुढाथोकी बेष्ट अर्गनाइजिङ कमिटी मेम्वर, इन्टरनल कोअर्डिनेटर सफल अर्याल मस्ट एक्टिभ मेम्वर, भिजुअल डिजाइनर विरुज अधिकारी क्षत्री मस्ट हाडवर्किङ मेम्वर बनेका छन् ।
सम्मानित हुनेहरुलाई प्रमाण्पत्र र पोषिलो फुड्सको तर्फबाट उपहार प्रदान गरिएको थियो। कमिटिका अन्य सदस्यहरुलाई पनि प्रमाण्पत्र प्रदान गरिएको थियो। त्यस्तै हल्ट प्राइज एट पिएनसीका पार्टनरहरुलाई पनि प्रमाणपत्र प्रदान गरिएको थियो।
कार्यक्रमको संचालन डेपुटी क्याम्पस डिरेक्टर सुन्दर बि।क र प्रमोटर रुविना कुवरले गरेका थिए ।




Comments are closed.