नयाँ वर्षमा रुबीभ्यालीमा मोटर पुग्छः मन्त्री फुयाँल

वाग्मती । वाग्मती प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री रामेश्वर फुयाँलले आगामी वर्षको पहिलो दिन नै रुबीभ्यालीमा मोटर बाटो पु¥याइने बताएका छन् । शनिबार रासससँग कुरा गर्दै मन्त्री फुयाँलले नयाँ वर्षमा रुबीभ्यालीमा मोटर पु¥याउने प्रतिबद्धता गरिएको र सो पूरा गर्न तीव्रगतिमा काम गरिने उनले बताए । रुबीभ्यालीलाई सडक सञ्जालले जोड्न सके पर्यटनको प्रचुर सम्भावना रहने उनले बताए ।
मानव विकासको सूचकाङ्कमा प्रदेशको ११९औँ स्थान स्थानीय तहको (सबैभन्दा पुछार)मा रहेको रुबीभ्यालीमा पिउनेपानीका लागि ‘एक घर एक धारो कार्यक्रम’ तथा सिँचाइका लागि कूलोको समेत व्यवस्था गरिने दाबी गरे ।

“रुबीभ्याली प्रदेशमा भएका ११९ स्थानीय तहमध्ये मानव विकासको सूचकाङ्कमा सबैभन्दा पछाडि छ । विकट यस गाउँपालिकालाई नयाँ वर्ष २०७८ वैशाख १ गतेसम्म सडक यातायातले जोड्ने प्रयासस्वरुप हामीले काम गरिरहेका छौँ”, मन्त्री फुयालले भने। यस कार्यका लागि धादिङबाट प्रदेशसभा सदस्यमा निर्वाचित जगत सिंखडा तथा डा रामकुमार अधिकारीलगायतसँग छलफल गरिएको उनले बताए ।

“प्रदेश सरकारको बहुवर्षीय ठेक्कामा बोराङ हुँदै सेतुङ तथा सेतुङ हुँदै तिप्लिङसम्मको सडकखण्ड समयभित्र सम्पन्न गराउन, डुण्डुरेखोला पुल सम्पन्न गर्न, डुण्डुरेबाट किन्ताङ फेदीसम्मको सडक निर्माण सम्पन्न गर्न, आँखुखोला पुलको तत्काल निर्माण गर्ने गरी कार्यतालिका पनि बनेको छ”, उनले भने । एक घर एक धारा कार्यक्रम कार्यान्वयन गर्न, तीनवटा सिँचाइ आयोजना चालु गर्न, सङ्घीय सरकार, प्रदेश सरकार र स्थानीय तहले एकीकृत पहल गर्न तथा सामूहिक पहलकदमीका लागि कार्यक्रम गरिएको उनले बताए । सो कार्यका लागि आगामी पुस १६ गते एकीकृत बैठक बस्ने बताइएको छ ।

footwear zone

शिक्षा, स्वास्थ्य, खानेपानीजस्ता अत्यावश्यक सेवाबाट बञ्चित हुनुपरेको गाउँलाई सबैभन्दा पहिले ती सबै विकासको आधारको रूपमा रहेको सडक सञ्जालले जोड्ने र अन्य विकासका काम पनि सँगै गर्दै जानेतर्फ प्रदेश सरकार लागेको मन्त्री फुँयालले बताए । “पहिले आवागमनलाई सहज बनाउँछौँ, त्यसपछि खानेपानीको व्यवस्था गर्छौँ र सिँचाइको समेत व्यवस्था गरेर उत्पादन वृद्धि गराई त्यहाँका जनताको आयस्रोतको विकासका लागि प्रयास गर्छौँ”, उनले भने ।

You might also like

Comments are closed.