काठमाडौं । मुक्तिनाथ विकास बैंकले आइतबार बैंकको लोगोको प्रतिक “मुक्ति भाई” नामक नयाँ ब्राण्ड मस्कट सार्वजानिक गरेको छ । आगामी दिनमा बैंकले सोही मस्कटलाई ब्राण्ड बनाएर आफ्नो विभिन्न सेवा, सुविधा, प्रडक्टहरुको प्रचार प्रसार गर्ने बैंकले जनाएको छ ।
बैंकका अध्यक्ष भरतराज ढकाल र प्रमुख कार्यकारी अधिकृत प्रद्युमन पोखरेलद्वारा संयुक्त रुपमा एक कार्यक्रम मार्फत बैंकको मस्कट सर्वजानिक गरिएको हो । उक्त कार्यक्रममा बैंकका संस्थापक शेयरधनीहरु तथा उच्च व्यवस्थापनका कर्मचारीहरुको उपस्थिति रहेको थियो । बैंकको फेसबुक पेज बाट सोही कार्यक्रमको लाइभ प्रसारण गरिएको बैंकका प्रमुख सुचना अधिकारी तिल बहादुर गुरुङले जानकारी दिए ।
विकास बैंकले कोरोनाको संक्रमणबाट सुरक्षित भई डिजिटल बैकिङ कारोबार र प्रणालीलाई प्रोत्साहन गर्न VISA NETWORK अन्तर्गतको जुन सुकै बैंककोATM बाट रकम झिक्न सकिने व्यवस्था गरिएको छ । त्यसै गरी मोबाईल बैकिङ, क्यूआर कोड स्क्यान, अनलाईन कर्जा आवेदन, अनलाईन खाता खोल्ने, ईन्टरनेट बैकिङ, खाता मै रेमिट्यान्स जम्मा आदि जस्ता कार्यहरु बैंकको शाखामा उपस्थित नभई घरबाट गर्न सकिने व्यवस्था गरिएको छ । हाल विकास बैंकको १३८ ओटा शाखा कार्यालयहरु रहेका छन् ।




Comments are closed.