काठमाडौं । नेपालमा निम जि इलेक्ट्रिक अटो भित्रिएको छ । पोखरामा रहेको हिमालय अर्गनाइजेसनले अटो भित्र्याएको हो । पर्यावरण जोगिनुका साथै पैसा पनि बचत हुनेभएकोले नेपालका लागि अटो निकै उपयोगी रहेको अर्गनाइजेसनका अध्यक्ष ध्रुव थापाले जानकारी दिए ।
३ घण्टा ५५ मिनेटमा फुल चार्ज हुने सो अटो १ पटकको फुल चार्ज मा १३० किलो मिटर गुड्छ । प्रति कि.मि ७५ पैसा मात्र संचालन खर्च लाग्छ । घरको सामान्य प्लगमा नै यसलाई चार्ज गर्न सकिन्छ । ३० डिग्री सम्मको उकालोमा सहजै चढ्न सक्ने र नेपालका लागि अटो उपयुक्त रहेको थापाको भनाइ छ ।
भारत सरकारद्वारा संचालित केरला अटोमोवाइल्सले अटो उत्पादन गरेको हो । यसको शुभारम्भ मुल्य ८ लाख ४९ हजार रहेको थापाले जानकारी दिए । नेपालको सवै शहरमा डिलरको आवस्यकता रहेको पनि उनले बताए ।




Comments are closed.