काठमाडौं । लुम्बिनी विकास बैंक लिमिटेडले बहुसंख्यक ग्राहकहरुलाई बैंकिङ सेवा पु¥याउने नीति अनुरुप मिति ललितपुरको मगंलबजारमा शाखा कार्यालय शुभारम्भ गरेको छ । बैंकले मंसिर २९ गते सोमबार शाखा शुभारम्भ गरेको हो । उक्त शाखा बैंकको ६९ औं शाखा हो ।
बैंकको व्यवसाय, आफ्नो ग्राहक आधार तथा शाखा सञ्जालमा समेत निहित रहने हुँदा बैंकले पूर्व योजना अनुशार शाखा विस्तारलाई निरन्तरता दिने र देशका सातवटै प्रदेश अन्र्तगतका २८ जिल्लाका विभिन्न स्थानमा ६९ वटा शाखा विस्तार गरेको छ ।
बैंकको हाल कायम चुक्ता पुँजी २ अर्व ७२ करोड रहेको छ । २०७७ असोज मसान्तमा बैकको कुल जगेडा कोषमा रु २ अर्ब ९६ करोड रहेको छ । २०७७ असोज मसान्त सम्ममा बैंकको कुल कर्जा सापटी रु २७ अर्ब ९४ करोड पुगेको छ भने निक्षेप रु ३३ अर्ब ४१ करोड पुगेको छ ।

बैंकले सम्पूर्ण शाखा कार्यालयहरुबाट विभिन्न प्रकारका निक्षेप तथा कर्जा सुविधाका साथै ABBS, Mobile Banking, ATM, Locker लगायतका बैंकिङ सेवाहरु उपलब्ध गराउँदै आफ्नो सेवालाई आधुनिकीकरण र परिमार्जन गर्दै आएको छ । करीव २ लाख ६४ हजार ग्राहकहरुलाई सरल एवं सुरक्षित बैकिङ सेवा बैंकले प्रदान गर्दै आइरहेको छ । काठमाण्डौंमा केन्द्रीय कार्यालय रहेको यस बैंकले आगामी दिनमा समेत थप शाखा कार्यालयहरु मार्फत ग्राहकहरुलाई बैकिङ सेवा पु¥याउने लक्ष्य लिएको प्रमुख कार्यकारी अधिकृत नरेश सिंह बोहराले जानकारी दिए ।




Comments are closed.