सुनको मूल्य वृद्धि, कारोबार मूल्य कति ?

काठमाडौं । स्थानीय बजारमा बुधबार सुनको मूल्यमा प्रतितोला ८ सय रुपैयाँले उकालो लागेको छ । पछिल्ला केही दिन झण्डैझण्डै स्थिर जस्तै रहेको सुनको मूल्यमा आज भने वृद्धि देखिएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाला सुन प्रतितोला ९३ हजार १ सय रुपैयाँमा कारोबार भएको छ । मङ्गलबार छापावाला सुन प्रतितोला ९२ हजार ३ सय रुपैयाँमा कारोवार भएको थियो ।

यस्तै तेजाबी सुन प्रतितोला ९२ हजार ६५० मा रुपैयाँमा कारोवार भएको छ । मङ्गलबार भने ९१ हजार ८५० रुपैयाँमा कारोवार भएको थियो ।

footwear zone

चाँदीमा पनि प्रतितोला ३० रुपैयाँले वृद्धि भएको छ । मङ्गलबार रएक हजार २०० रुपैयाँमा कारोबार भएको चाँदी आज भने एक हजार २३०रुपैयाँमा कारोबार भएको छ ।

You might also like

Comments are closed.