काठमाडौं । बेष्ट फाइनान्सको प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा बैंकर उमेशसिंह भण्डारी नियुक्त भएका छन् । फाइनान्सको सञ्चालक समिति बैठकले चार वर्षे कार्यकालका लागि भण्डारीलाई सिइओ नियुक्त गरेको हो ।
३ दशक भन्दा बढी बैंकिङ क्षेत्रमा काम गरेको अनुभव भएका भण्डारीले यस अगाडि कुमारी बैंकमा कार्यरत रहेर अवकाश लिएका दिए । भण्डारीले कुमारी अगाडि काष्ठमण्डप डेभलपमेन्ट बैंकको प्रमुख कार्यकारी अधिकृत भएर काम गरेका थिए ।

नबिल बैंकबाट बैंकिङ करियर सुरु गरेका भण्डारीसँग यस अगाडि माछापुच्छ«े बैंक, एभरेष्ट बैंक, तत्कालीन इन्डोस्वेज (अहिलेको नेपाल इन्भेष्टमेन्ट बैंक), नेपाल बंगलादेश बैंक लगायत संस्थामा काम गरेको अनुभव छ ।




Comments are closed.