पूर्वाधार निर्माणविना पार्किङ शुल्क नउठाउन चेम्बरको आग्रह

पोखरा । पोखरा चेम्बर अफ कमर्श कास्कीले आवश्यक पूर्वाधारको निर्माण विना पार्किङ शुल्क नउठाउन आग्रह गरेको छ । चेम्बरले पोखराको लागि व्यवस्थित पार्किङको लागि जग्गा व्यवस्थापन गर्न पोखरा महानगरपालिकासंग माग गरेको छ ।

चेम्बरका महासचिव उमराज बास्तोलाले पार्किङलाई व्यवस्थित गर्न निजीक्षेत्रसंग सहकार्य गर्न अपिल गरेको छन् । कोरोना भाइरसको प्रकोप तथा लकडाउनका परेका व्यवसायीलाई राहातको व्यवस्था गर्नु पर्ने उल्लेख गर्दै व्यक्तिको घर तथा व्यवसायीको पसल अगाडी पार्किङ शुल्क तिर्नु पर्ने व्यवस्था अव्यवहारिक भएको विज्ञप्ति मार्फत चेम्बरले प्रतिक्रिया दिएको छ ।

पोखरा महानगरले घोषणा गरेको स्मार्ट सिटीको लागि पार्किङ शुल्क उठाउने विषय नसुहाउने भएको दाबी गर्दै विज्ञप्तिमा सर्वोच्च अदालतले पार्किङ शुल्क नउठाउन आदेश दिएको उल्लेख गरिएको छ । चेम्बरले पार्किङ शुल्क मंहगो भएको जनस्तरबाट गुनासो आएको जनाएको छ । पोखरा महानगरपालिकाले २ वर्षसम्म रोकिएको सशुल्क पार्किङको व्यवस्थापन निजी कम्पनीलाई दिएको छ ।

footwear zone

ठुला सवारी साधनलाई प्रति घन्टा ३० रुपैयाँ लाग्ने छ । मझौला सवारी साधनमा मुख्य सडक क्षेत्रमा ३० रुपैयाँ प्रतिघन्टा, हलुका सवारी साधनमा २० रुपैयाँ प्रति घन्टा शुल्क लाग्नेछ । मोटरसाइकल र स्कुटरमा भने १० रुपैयाँ प्रतिदिन लाग्ने व्यवस्था गरिएको छ ।

You might also like

Comments are closed.