निम जि अटोका लागि देशभर डिलरसिपको माग

 

काठमाडौं । नेपालमा भर्खरै लन्च गरिएको अटो निम–जी का लागि देशको सबै शहरहरुमा डिलर माग गरिएको छ । पोखरामा रहेको हिमालय मोटोर्रेड प्रा. लिले अटो नेपाल भित्र्याएको हो ।

भारत सरकारद्वारा सञ्चालन भईरहेको प्रतिष्ठित कम्पनी केरला अटोमोबाईल्स् लि.द्वारा उत्पादित उक्त अटो पर्यावरण तथा पैसा बचतका लागि निकै उपयुक्त रहेको कम्पनीले जनाएको छ । एक पटकको फुल चार्जमा १३० कि. मि.गुड्ने अटो ३ घण्टा ५५ मिनेटमा फुल चार्ज हुन्छ । यसको उच्चतम गति ५० कि मि प्रति घण्टा छ ।

footwear zone

३० डिग्री सम्मको उकालो सजिलै चढ्न सक्ने भएकोले नेपालको बाटो सुहाउँदो रहेको बताईएको छ । घरकै प्लगमा सहजै चार्ज गर्न सकिने अटोको ब्याट्रीमा ३ वर्षको वारेण्टी छ । डिलरसिप लिन चाहनेले हिमालय मोटोर्रेड प्रा. लि मा सम्पर्क गर्न सकिने बताईको छ ।

You might also like

Comments are closed.