‘स्वास्थ्य मापदण्ड पालना गरि पर्यटन क्षेत्र चलायमान बनाउनुपर्छ’

 

पोखरा । स्वास्थ्य मापदण्ड पालना गरि पर्यटन क्षेत्रलाई चलायमान बनाउनुपर्ने पोखरा पर्यटन परिषदका अध्यक्ष गोपी भट्टराईले बताएका छन् । पर्यटन व्यवसायी महिला संघ नेपालको तेस्रो वार्षिक साधारणसभा तथा दोस्रो अधिवेशनको उद्घाटनका अवसरमा शुक्रबार बोल्दै उनलेपर्यटन क्षेत्र नखोले पर्यटक डाइभर्ट हुने बताए ।

शनिबार र आइतबार बिदा दिने प्रस्ताव राम्रो रहेको बताउँदै उनले दुई दिन बिदा गर्ने प्रस्ताव कार्यान्वयन हुनुपर्ने बताए ।

footwear zone

संघका अध्यक्ष लक्की कार्कीको सभापतित्वमा आयोजित कार्यक्रममा होटल संघ पोखराका अध्यक्ष विकल तुलाचन, नाट्टाका अध्यक्ष सञ्जय कान्त सिग्देल, टान क्षेत्रीय संघ पोखराका अध्यक्ष सुशील पौडेल, संस्थाका सल्लाहकार श्रीकान्त खतिवडा, पत्रकार महासंघ कास्कीका उपाध्यक्ष बिमला भण्डारी, संस्थाका उपाध्यक्ष रेणु थापा, सचिव कमला गिरी लगायतले बोलेका थिए ।

You might also like

Comments are closed.