पोखरा । कोरोना महामारीका बिच आइएमई नेपाल लिटरेचर फेस्टिभल पुष १४ र १५ गते हुनेभएको छ । यसपालि भने भौतिक उपस्थिती विना फेस्टिभल भर्चुअल हुने आयोजक संस्थाले जनाएको छ ।
पोखराको पर्यटकिय गन्तव्य सराङकोटमा फेस्टिभल हने आयोजक संस्था बुकवर्मले जनाएको छ । फेस्टिभलको आधिकारिक युट्युव च्यानल र सामाजिक संजालबाट प्रत्यक्ष प्रशारण हुनेछ । फेस्टिभलमा २ दिनमा १६ सेसन चल्नेछन् ।
महोत्सवमा साहित्यको अर्थ, कोरोनाकालिन उद्योग बाणिज्य, युवाको नजरमा नेपाल, पढ्ने हुटहुटी, कोरोनाले गलाएको जनस्वास्थ्य, सम्पदा, कर्मठ केटी, अद्भूत व्यक्तित्व, असाधारण लेखन, संघीयताका अवसर, जलवायु परिवर्तन लगायत विभिन्न बिषयमा बहस चल्ने फेस्टिभलका कार्यकारी निर्देशक नीरज भारीले जानकारी दिए ।

महोत्सवको सहआयोजक संस्था ¥यान्डम रिडर्स सोसाइटीका अध्यक्ष केशवशरण लामिछानेले महोत्सव चलाइरहेको उर्जालार्ई विषम अवस्थामा पनि निरन्तरता दिइएको बताउँदै साहित्यका माध्यमबाट पोखरालाई चिनाउने प्रयास रहेको बताए । । उनले भने, “पोखरा माछापुच्छ्रेले चिनिन्छ, फेवातालले चिनिन्छ । अहिले आएर साहित्यले पनि चिनिन थालेको छ । फेस्टिभल र हाम्रो प्रयास पोखरालाई साहित्यका माध्यमबाट चिनाऔं भन्ने नै हो ।”
‘जहाँ शब्दहरू जीवन्त हुन्छन्’ भन्ने मूल नाराका साथ शुरु भएको फेस्टिभलले कला, साहित्यको मात्रै प्रवद्र्धन नभई विचार निर्माण र समाजको आलोचनात्मक चेतलाई समेत उचाइ दिँदै आएको आयोजकको भनाइ छ । यस प्रकारको सामाजिक बहस र विमर्शले सर्जक र पदासीन व्यक्तित्वलाई जवाफदेही बनाउन, विचार मन्थन गरी समाजलाई मार्गदर्शन गर्नुका साथै लोकतन्त्रलाई शक्तिशाली बनाउन मद्दत पु¥याएको बताइन्छ । दुई वर्षदेखि महोत्सवलाई व्यावसायिक ग्रुप आइएमईले प्रायोजन गरेसँगै महोत्सवको नाम (आईएमई नेपाल लिटरेचर फेस्टिभल) रहन गएको हो ।




Comments are closed.