पोखरा । तमु साँस्कृतिक प्रतिष्ठान नेपालको १८ औं साधारण सभा सम्पन्न भएको छ । सल्लाहकार झम तमुको प्रमुख आतिथ्यता र प्रथम उपाध्यक्ष श्रीजंग तमुको अध्यक्षतामा सम्पन्न उक्त सभामा यू के, अमेरिका र अष्ट्रेलियाका सदस्य र अक्षयकोष दाताहरुको पनि सहभागिता रहेको थियो । कार्यक्रम संचालक सचिव भेष बहादुर तमुले र कोषाध्यक्ष कौशिला तमुले आआफ्नो प्रतिवेदन प्रस्तुत प्रस्तुत गरेका थिए । उपाध्यक्ष हिरा तमुले स्वागत गर्दै कोरोनाको महामारीका कारण भर्चुअल बैठक गर्नु परेको बताए ।
मन्तव्यको क्रममा गण्डकी विश्वविद्यालयका कुलपति प्रा। डा। गणेशमान गुरुङले प्रतिष्ठानको शिक्षामा केन्द्रित कार्यक्रमको प्रसंशा गरे । त्यसै गरी तमु धि यू के का अध्यक्ष नन्दजंग तमुले प्रतिष्ठानलाई सधैभरी तमु धि यू के को साथ र सहयोग रहिरहने बताए । प्रमुख अतिथि झम तमु, संस्थापक उपाध्यक्ष दुर्गा तमु, संस्थापक सदस्य सोम तमु (अमेरिका), अक्षयकोष दाता सूर्य तमु (यू के), अक्षयकोष दाता भिमकजी तमु (यू के), गण्डकी प्रदेश अर्थमन्त्रालयका निजी सचिव तेज बहादुर तमु (चाक्ली) र निवर्तमान अध्यक्ष चिजकाजी तमुले पनि शुभकामना मन्तव्य राखेका थिए ।

विभिन्न दाताहरुको अक्षयकोष रकम बाट करिब १७ जिल्लाका १४० गरिब तथा जेहेन्दार तमु विद्यार्थीहरुलाई यस संस्थाले वार्षिक रुपमा छात्रवृत्ति प्रदान गर्दै आइरहेको छ । त्यसै गरी उच्चशिक्षाको लागि २ जना विद्यार्थीलाई विज्ञान र इन्जिनियरिङ विषयको अध्ययनमा डोनरको सहयोगबाट अध्यापन गराइ रहेकोछ । तमु भाषामा र सामाजिक क्षेत्रमा योगदान पुर्याएका व्यक्ती र वरिष्ठ तमु चलचित्रकर्मीलाई समेत उनिहरुको योगदानको कदर गर्दै यस संस्थाले नगद तथा प्रसंशा पत्रद्वारा सम्मान गर्दै आइरहेको छ । कार्यक्रम पोखरा उत्तमचोक स्थित रोयल दिदीबहिनी किचेन रेष्टुरेन्ट बाट सन्चालन गरिएको थियो ।




Comments are closed.