काठमाडौं ।स्थानीय बजारमा सोमबार सुनको मूल्य प्रतितोला ९ सय रुपैयाँले उकालो लागेको छ । छापावाला सुन आज प्रतितोला ९५ हजार २ सय रुपैयाँमा कारोवार भएको छ । छापावाला सुन आइतबार प्रतितोला ९४ हजार ३ सय रुपैयाँमा कारोवार भएको थियो ।
तेजाबी सुन प्रतितोला ८५० रुपैयाँले वृद्धि भएको छ । तेजाबी सुन आजका लागि प्रतितोला ९४ हजार ७ सय रुपैयाँ मा कारोवार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आइतबार प्रतितोला ९३ हजार ८५० रुपैयाँमा कारोवार भएको थियो ।

चाँदीको मूल्य भने तोलामा ४० रुपैयाँले वृद्धि भएको छ । चाँदी प्रतितोला आज एक हजार ३२० रुपैयाँमा कारोवार भएको छ । आइतबार सो धातु एक हजार २८० मा रुपैयाँमा कारोवार भएको थियो ।




Comments are closed.