घट्यो सुनको मूल्य, कारोबार मूल्य कति ?

 

काठमाडौं । स्थानीय बजारमा मंगलबार सुनको मूल्य प्रतितोला ३ सय रुपैयाँले ओरालो लागेको छ । छापावाला सुन प्रतितोला ९४ हजार ९०० रुपैयाँमा कारोवार भईरहेको छ । छापावाला सुन सोमबार प्रतितोला ९५ हजार २०० रुपैयाँमा कारोवार भएको थियो ।

तेजाबी सुन आजका लागि प्रतितोला ९४ हजार ४०० रुपैयाँ मा कारोवार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । सोमबार तेजाबी सुन प्रतितोला ९४ हजार ७०० रुपैयाँमा कारोवार भएको थियो ।

footwear zone

यसैगरी चाँदी प्रतितोला ५ रुपैयाँले घटेको छ । प्रतितोला एक हजार ३२० रुपैयाँमा सोमबार कारोवार भएको चाँदी आज भने प्रतितोला एक हजार ३१५ रुपैयाँमा कारोवार भइरहेको छ ।

You might also like

Comments are closed.