३ करोड लागतमा डिपार्टमेन्टल स्टोर सञ्चालनमा

 

बाग्मती । बाग्मती प्रदेशको राजधानी हेटौँडमा करीब तीन करोड रुपैयाँको लागतमा ‘गार्डेन मार्ट डिपार्टमेन्टल स्टोर’ सञ्चालनमा आएको छ । शिव शिखर बहुउद्देश्यीय सहकारी संस्था लि भक्तपुरले सो स्टोर सञ्चालनमा ल्याएको हो ।

स्टोरबाट घरायसी, खाद्यान्न, विद्युतीय सामग्री, कपडा, पेयपदार्थलगायत वस्तु बिक्री गरिने लिमिटेडका क्षेत्रीय प्रबन्धक युवराज थापाले जानकारी दिए ।

footwear zone

हेटौँडा उपमहानगरपालिका–४ पारिजातपथमा रहेको स्टोरको शुभारम्भका अवसरमा यही पुस महिनाभर हरेक सामानका खरीदमा तीन प्रतिशत छुट दिइएको जनाइएको छ । यस किसिमका स्टोर यसअघि डडेल्धुरा, चितवनका भरतपुर र टाँडी, सुर्खेत, कैलालीको अत्तरिया, बाग्लुङ र उदयपुरको गाईघाटमा सञ्चालनमा रहेको छन् ।

You might also like

Comments are closed.