पोखरा । बर पिपल रिसोर्ट पोखराले क्रिसमस र नयाँ वर्ष २०२१ लाई लक्षित गरी विशेष प्याकेज सार्वजनिक गरेको छ । पोखरा घुम्न आउने पर्यटकलाई लक्षित गरी रिसोर्टले अफर सहितको प्याकेज ल्याएको हो ।
२ रात ३ दिनको लागि ९ हजार ९ सय ९९ रुपैयाँदेखि २१ हजार ९ सय ९९ रुपैयाँसम्मको आकर्षक प्याकेज सार्वजनिक गरेको अध्यक्ष जितु गुरुङले जानकारी दिए ।
पाहुनालाई बसपार्क र एअरपोर्टसम्म पिकअप र ड्रपआउट, लन्च वा डिनर एक दिन, एक घन्टाको साउना, प्रत्येक दिन ब्रेकफास्ट प्याकेजमा निःशुल्क समावेश गरिएको छ । खानामा १० प्रतिशत छुट, स्पामा २० प्रतिशत छुट लगायत सुविधा पाहुनाले प्राप्त गर्नेछन् । ‘होटल बुकिङ भइरहेको छ,’ उनले भने ।

लेकसाइड स्ट्रिट नम्बर २८ स्थित मणिमार्गमा सञ्चालनमा आएको रिसोर्टमा सुविधा सम्पन्न ४० वटा रुम छन् ।




Comments are closed.