काठमाडौं ।स्थानीय बजारमा बुधबार पहेँलो धातुको मूल्य प्रतितोला ९ सय रुपैयाँले ओरालो लागेको छ । छापावाला सुन मङ्गलबार प्रतितोला ९४ हजार ९०० रुपैयाँमा कारोवार भएको थियो ।
बुधबार सुनको मूल्य ९४ हजार कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । तेजाबी सुन मङ्गलबार प्रतितोला ९४ हजार ४०० मा कारोवार भएकोमा आज भने प्रतितोला ९३ हजार ५०० रुपैयाँमा कारोवार भईरहेको छ ।

चाँदी प्रतितोला ५० रुपैयाँले घटेको छ । प्रतितोला एक हजार ३१५ मा मङ्गलबार कारोवार भएको चाँदी बुधबार भने प्रतितोला एक हजार २६५ रुपैयाँमा कारोवार भएको छ ।




Comments are closed.