धुलिखेल उवासंघका पूर्व अध्यक्ष श्रेष्ठद्वारा महासंघ बागमती प्रदेशमा उम्मेदवारी

 

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ बागमती प्रदेशको अध्यक्षमा व्यवसायी दिलसुन्दर श्रेष्ठले उम्मेदवारी प्रस्तुत गरेका छन् । धुलिखेल उद्योग वाणिज्य संघको ३ कार्यकाल अध्यक्ष भइसकेका श्रेष्ठले महासंघका विभिन्न समितिमा रहेर समेत काम गरिसकेका छन् ।

महासंघको प्रदेश अधिवेशन यही पुस ११ गते काठमाडौंमा हुँदैछ । महासंघ प्रदेश अन्तर्गत रहेका २४ वटा जिल्ला नगर उद्योग वाणिज्य संघ मध्ये २० वटाले मतदानमा भाग लिनेछन् । महासंघमा बागमती प्रदेशमा एसोसिएट सदस्य ११ र बस्तुगत सदस्य ४ जना छन् ।

footwear zone

निजी क्षेत्रको हकहितका लागि काम गर्ने सोचका साथ आफूले अध्यक्षमा उम्मेदवारी प्रस्तुत गरेको श्रेष्ठले आर्थिक आवाजलाई बताए ।

You might also like

Comments are closed.