स्थिरतातर्फ लैजाने कार्यमा गम्भीर हुन निजी क्षेत्रको आग्रह

काठमाडौं ।राजनीतिक दलमा देखिएको विवादले मुलुकको व्यावसायिक वातावरण खलबलिन सक्ने भन्दै निजी क्षेत्रले संयमतापूर्वक निर्णय लिन प्रमुख राजनीतिक दलहरुलाई आग्रह गरेको छ ।

मुलुकमा विकसित पछिल्लो राजनीतिक घटनाक्रमप्रति चासो राख्दै निजी क्षेत्रको प्रतिनिधित्व गर्ने नेपाल उद्योग वाणिज्य महासङ्घ, नेपाल चेम्बर अफ कमर्श र नेपाल उद्योग परिसङ्घले आज संयुक्त अपिल जारी गर्दै पछिल्ला घटनाक्रमले थप जटिलता सिर्जना गर्नेमा आशङ्का व्यक्त गरेका छन् ।

निजी क्षेत्र जहिले पनि राजनीतिक स्थिरताको पक्षमा रहेको उल्लेख गर्दै ती संस्थाले विश्वव्यापी महामारी कोभिड–१९ का कारण मुलुकको अर्थतन्त्रमा गम्भीर असर परिरहेको अवस्थामा पछिल्लो राजनीतिक समस्याबाट उत्पन्न हुने अस्थिरताको परिणाम थप गम्भीर हुनेमा चिन्ता व्यक्त गरेका छन् ।

footwear zone

राजनीति स्थिरताबाट मात्र नीतिगत स्थिरता आउने, उद्योग, व्यवसाय फस्टाउने, रोजगारी सिर्जना हुने, नयाँ लगानी आकर्षित भई अर्थतन्त्रले गति लिनसक्ने यथार्थलाई भुल्न नहुने भन्दै उनीहरुले सुझबुझ र संयमतापूर्वक निर्णय लिई मुलुकलाई स्थिरतातर्फ लैजाने कार्यमा गम्भीर हुन आग्रह गरेका छन् ।

You might also like

Comments are closed.