इलेक्ट्रिक गाडी एमजिको शोरुम पोखराको नयाँबजारमा, सिंगल चार्जमा ४२८ किमिसम्मको रेन्ज

पोखरा । इलेक्ट्रिक गाडी एमजिको शोरुम पोखराको नयाँबजारमा स्थापना भएको छ । एमजिका लागि पोखरा क्षेत्रको आधिकारिक बिक्रेता जोन्छे ग्रुपले शोरुम स्थापना गरेको हो ।

नयाँबजारस्थित माछापुच्छ्रे बैंकको अगाडि शोरुम स्थापना गरेर गाडी बुकिङ सुरु भएको जोन्छे ग्रुपका निर्देशक नुरज बाटाजूले जानकारी दिए । ‘गाडी बुकिङ गरेका ग्राहकलाई जनवरी पहिलो साताबाट गाडी हस्तान्तरण गरिनेछ,’ उनले भने ।

सिंगल फुल चार्जमा ४२८ किमिसम्मको रेन्जमा गाडी चल्ने कम्पनीले जनाएको छ । ‘यो गाडीले ८.२ सेकेण्डमा ०–१०० सम्मको गति प्राप्त गर्न सक्छ,’ उनले भने । ८ वर्षसम्मको व्याट्री वारेन्टी, सेफ्टीमा ५ स्टार रेटिङ प्राप्त, ६ वटा एयर ब्याग लगायतका विशेषता यो गाडीमा छन् ।

footwear zone

यो गाडीको मूल्य ५९ लाख ९९ हजार रुपैयाँ तोकिएको छ । फाइनान्स र एक्स्चेन्जको सुविधा ग्राहकले प्राप्त गर्नेछन् । ‘पोखराका विभिन्न ठाउँमा चार्जिङ स्टेसन बनाउने तयारी भइरहेको छ,’ बाटाजूले भने । एमजिका लागि नेपालको आधिकारिक बिक्रेता प्यारामाउन्ट मोटर्स हो ।

You might also like

Comments are closed.