काठमाडौं ।
थ्रि ब्रदर्श फास्ट फुड एण्ड रेष्टुरेन्ट सञ्चालनमा आएको छ । युवा व्यवसायी शिवदेव पाण्डेले काठमाडौंको चक्रपथस्थित महाराजगन्जमा रेष्टुरेन्ट सञ्चालनमा ल्याएका हुन् ।
शुक्रबार एक कार्यक्रमका बीच पूर्व उद्योगमन्त्री ढुण्डिराज शास्त्रीले रेष्टुरेन्टको उद्घाटन गरे । लोकल खसीको स्पेसल परिकारसहित रेष्टुरेन्टमा नान, रोटी, खाजा तथा खानाको परिकार उपलब्ध गराइने सञ्चालक पाण्डेले जानकारी दिए ।

८० जनाको क्षमता रहेको रेष्टुरेन्टमा पर्याप्त पार्किङको सुविधा छ । २५ लाख रुपैयाँ लगानीमा सञ्चालनमा आएको रेष्टुरेन्टमा १० जनाले प्रत्यक्ष रोजगारी पाएका छन् ।




Comments are closed.